माओवादी केन्द्रका नेता नेकपामा प्रवेश

२०८१ कार्तिक २९ गते, बिहीबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का धनुषाका जिल्ला नेता चण्देश्वर नेपाली नेकपामा प्रवेश गरेका छन् । बिहीबार धनुषा जिल्लाकाे जनकपुरमा भएको कार्यक्रममा मधेस प्रदेशका इन्चार्ज तथा स्थायी समिति सदस्य अनिल सीले नेपालीलाई प्रवेश गराएका हुन् ।
नेपालीले बिहीबार नै नेकपा (माओवादी केन्द्र)बाट राजीनामा दिएर नेकपामा प्रवेश गरेको विज्ञप्तिसमेत जारी गरेका छन् ।
पार्टी प्रवेश कार्यक्रममा पार्टी पिबिएम देवनारायण सी, केन्द्रीय सदस्यहरू पवन सी, कमल सी, लाेकप्रिय नेता इन्द्रदेव यादवलगायत नेताहरूको उपस्थिति रहेको थियो । विदेह-८, बफ्फईका नेता नेपालीले सबै धनुषावासी क्रान्तिकारीलाई नेकपामा ध्रुविकरण हुन अपिल गरेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]