नेकपाद्वारा मोटरसाइकल -याली

२०८१ मंसिर ६ गते, बिहीबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले ११ औं पार्टी पूनर्गठन दिवसको पूर्वसन्ध्यामा आज बिहान मोटसाइकल -याली निकालेको छ । भक्तपुरको सल्लाघारीबाट निकालेको उक्त मोटसाइकल -याली कोटेश्वर, बालकुमारी, ललितपुरको सातदोवाटो, जाउलाखेल पुलचोक, काठमाडौँको थापाथली त्रिपुरेश्वर, सुन्धारा हुँदै भृकुटी मण्डपमा पुगेर सम्पन्न भएको छ ।
उक्त मोटसाइकल -यालीको समापन गर्दै नेकपा पोलिटब्युरो सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज माइला सीले -यालीमा सहभागी सबैलाई धन्यवाद दिएका थिए । -यालीमा नेकपा जिन्दावाद, वैज्ञानिक समाजवाद जिन्दावाद, एकीकृत जनक्रान्ति जिन्दावाद, दलाल पुँजीवाद मुर्दावाद, विप्लव आउ देश बचाउ लगायतका नारा लगाएका थिए ।
नेकपाले पार्टी पुनरगठन दिवसका अवसरमा भोली (मंसिर ७ गते) साँझ देशव्यापीरुपमा दिपावली गर्ने जनाएको छ । भने मंसिर ८ गते काठमाडौँमा बृहत -यालीसहितको भब्य जनसभा गर्ने बताएको छ ।

प्रतिक्रियाहरु

[anycomment]