समाजवाद विना देशको विकास र जनताको मुक्ति असम्भव

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा लुम्विनी प्रदेश इन्चार्ज विषय सीले समाजवाद विना देशको विकास र जनताको मुक्ति असम्भव भएको ठोकुवा गरेका छन् । नेकपा बाँकेद्वारा १३२ औं माओ दिवसको अवसरमा विहिवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।
नेता विषय सीले समाजवाद विना देशको विकास जनताको मुक्ति सम्भव नहुने ठोकुवा गर्दै भने- ‘जनताको समस्याको समाधान दलाल पुँजीवाद होइन, समाजवाद हो,श्रमजीवी जनताको महान नेता माओ हुन, उहाँले चीनमा दिर्घकालिन जनयुद्धको माध्यमवाट २८ बर्ष लडेर जनवादी क्रान्ति पुरा गर्दै चीनलाई समाजवादमा लिनु भयो, आज चीन अमेरिकासंग प्रतिस्पर्धा गर्ने ठाउँमा छ, त्यसो भएर नेपालमा पनि समाजवाद विना देशको विकास जनताको मुक्ति सम्भव छैन ।’
नेता विषय सीले चिनियाँ कम्युनिष्ट पार्टीका नेता माओत्सेतुङको लक्ष्य विश्वमा समाजवाद स्थापना गर्नु भएको भन्दै नेपालमा पनि समाजवादको जरुरी भएको बताए । उनले जनताको समस्या समाधान गर्ने उच्च विचार माओसंग भएको र त्यो बैज्ञानिक समाजवाद भएको उल्लेख गर्दै नेपालको सन्दर्भमा अहिलेको जनताको समस्याको समाधान दलाल पुँजीवाद नभई नेपाली विशेषताको समाजवाद वा बैज्ञानिक समाजवाद मात्र भएको बताए ।
नेता विषय सीले नेपालमा महान १० बर्षको जनयुद्धको बलले गणतन्त्र प्राप्त भएको दाबी गर्दै गणतन्त्रलाई दलाल पुँजीपतिवर्गले आफ्नो कव्जामा लिएको बताउदै भने- ‘आज नेपाल दलाल पुँजीवादको कव्जामा छ, भ्रष्टाचार नगरेको पार्टी र नेता कोही वाँकी छैन, यो देश विदेशीको हस्तक्षेपमा छ’ उनले भने, ‘यो देशको एक मात्र विकल्पको रुपमा जनताको आसाको केन्द्र विन्दु भएको पार्टी विप्लवको नेतृत्वको नेकपा हो, हामी जनताको गाँस,वास,कपास, स्वास्थ्य शिक्षा, र रोजगारीको व्यवस्था गर्ने समाजवादी व्यवस्था चाहान्छौ, भ्रष्टाचारको अन्त्य चाहान्छौ, त्यो समाजवादमा मात्र लागु हुन्छ, समाजवादको लागि हाम्रो पार्टीलाई एकपटक साथ दिनुहोस ।’
नेता विषय सीले नेपाली विशेषताको समाजवादी व्यवस्था ल्याउने महान अभियानमा एकपटक सहयोग गर्न अपिलसमेत गरे ।
उक्त कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य शेखर सी, नारायण सी, पूर्णीमा सी र अनिल सी सम्वोधन गर्दै चीनको क्रान्तिमा माओको योगदानवारे चर्चा गरेका थिए ।
नेकपा बाँकेका इन्चार्ज रक्तिम सीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन नेकपा बाँकेका सेक्रेटरी कल्पना सीले गरेकी थिईन ।