नेकपाले उत्पादनमार्फत् राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउने गरी कार्य गर्ने

२०८१ पुष १८ गते, बिहीबार

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीले उत्पादनमार्फत् राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउने गरी कार्य गर्ने भएको छ। सो पार्टीको महासचिव तथा उत्पादन विभागका प्रमुख विप्लव सीको अध्यक्षतामा बसेको बैठकले उत्पादनलाई राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउन गुणात्मक ढङ्गले विकास गर्ने निर्णय गरेको हो ।
नेकपा पोलिटब्युरो सदस्य तथा विभागका सदस्य सन्देश सीका अनुसार उत्पादनलाई राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउन गुणात्मक ढङ्गले विकास गर्ने, काठमाडौंमा तत्काल आउटलेट खोल्ने र युवाहरूलाई रोजगारी दिनेसहित दर्जनौ निर्णय भएका छन् । नेकपाले देशभर राष्ट्रिय उत्पादन केन्द्रहरु खडा गरेर व्यापाक उत्पादनका काम गरिरहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]