नेकपाद्वारा ‘एमसीसी सराेकार समिति’ गठन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीकाे गत मङ्सिर २७ गते सुरु भई पुस २ गते सम्पन्न नवौँ केन्द्रीय समितिको छैठौं पूर्ण बैठकले एमसीसी सराेकार समिति’ गठन गरेको बताइएको छ। सो पार्टीका स्थायी समिति सदस्य भरत सी रणवीरकाे नेतृत्वमा ‘एमसीसी सराेकार समिति’ गठन गरिएको छ ।
नेपालमा अमेरिकी नेतृत्वमा एमसीसी कार्यान्वयन हुन गइरहेकाे भन्दै त्यसलाई राेक्न नेकपाले समिति निर्माण गरेकाे बताइएको छ । एमसीसी सराेकार समितिमा पार्टीका केन्द्रीय सदस्यहरु विपिन सी र सुदर्शन सी रहेका छन् ।
यस समितिले एमसीसीविराेधी शक्तिहरुसँग बृहत ढंगले छलफल गर्ने र एमसीसीविरुद्ध काठमाडौंमा बृहत अन्तरक्रिया गर्ने कार्यक्रम तय गरेकाे छ । यसका साथैं यस समितिले एमसीसीविरुद्ध विभिन्न संघर्षका कार्यक्रमहरु संचालन गर्ने निर्णयसमेत गरेकाे छ ।
