राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति क्रान्तिका लागि अनुकुल

२०८१ पुष २० गते, शनिबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति क्रान्तिका लागि अनुकुल रहेको ठोकुवा गरेका छन्। शुक्रबार सो पार्टीको बागमति प्रदेशस्तरिय राजनीतिक, वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्। महासचिव विप्लव सीले बर्तमान बिश्व राजनिटिक र आर्थिक घटनाक्रमको व्याख्या गर्दै रास्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति क्रान्तिका लागि अनुकुल भएको बताए। उनले एकीकृत जनक्रान्तिको बलमा नेपालमा नेपाली विशेषताको समाजवाद स्थापना गराएरै छाड्ने उद्घोष समेत गरे।


यसैक्रममा महासचिव विप्लव सीले चुनावलाई एकीकृत जनक्रान्तिकै मोर्चाका रुपमा प्रयोग गर्न लागेको बताउँदै संसदलाई समाजवादका लागि बहस गर्ने थलो बनाउने बताए । उनले भने- ‘अहिले संसदमा गाली गलौज चलेको छ । एकले अर्कालाई आरोप प्रत्यारोप गरिरहेका छन् । हामी यसलाई समाजवादका लागि बहस गर्ने थलो बनाउँछौँ ।’


यसैगरी, उक्त बागमति प्रदेशस्तरिय राजनीतिक, वैचारिक प्रशिक्षण कार्यक्रमको अध्यक्षता ग्रहण गर्दै नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीेले नेपाल कम्युनिष्ट पार्टीको काँधमा धेरै ठूलो जिम्मेवारी आएको बताए। उनले देशको आवश्यकता र नेपाली जनताको चाहना नेपाली विशेषताको समाजवाद भएको उल्लेख गर्दै देशको आवश्यकता र जनताको यो चाहना नेकपाले पुरा गरेरै छाड्ने उद्घोष गरे।
प्रवक्ता प्रकाण्ड सीेले एकीकृत जनक्रान्तिको नयाँ मोर्चाका रुपमा ‘नयाँ आर्थिक मार्ग’ अगाडि सारेको उल्लेख गर्दै यो नयाँ आर्थिक मार्गले सामाजवादको ढोका खोल्ने बताए । उनले पार्टी चौतर्फीरुपमा साम्राज्यवाद र दलाल पुँजीवादका विरुद्ध लडिरहेको तथ्य प्रस्तुत गर्दै नयाँ आर्थिक मार्गले क्रान्तिलाई उचाईँ दिने ठोकुवा गरे ।


यसैगरी, प्रवक्ता प्रकाण्ड सीेलेदेशको मुख्य समस्या दलाल पुँजीवाद भएको र जनताले यसको अन्त्य चाहेको बताए। उनले पार्टीले दलाल पुँजीवाद र साम्राज्यवादका विरुद्धमा लड्नका लागि विचार संश्लेषण गर्न लागेको बताउँदै यसले नेपालको कम्युनिस्ट आन्दोलनमा ठूलो योगदान हुने ठोकुवासमेत गरे ।
उक्त कार्यक्रमको संचालन नेकपा पोलिटब्युराे सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज माइला सीले गरेका थिए । कार्यक्रममा दोलखा जिल्ला इन्चार्ज प्रेम सीले स्वागत मन्तव्य राखेका थिए भने आरोह सीले स्वागत गितमार्फत उपस्थित सबैलाई स्वागत गरेका थिए ।
यसैगरी , उक्त कार्यक्रममा बेथान स्मृति दिवससमेत मनाइएको थियो । महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड, स्थायी समिति सदस्य विषम र सुशील सीले बेथानका सहिदहरुको तस्वीरमा माल्यार्पण गरेका थिए । कार्यक्रममा अखिल नेपाल महिला संघ क्रान्तिकारीकी अध्यक्ष बन्दु सीले बेथान स्मृति दिवस र महिलाहरुको बलिदानको चर्चा गरेकी थिइन् ।

प्रतिक्रियाहरु

[anycomment]