समाजवादी मोर्चा नेपालले चैत १५ गते बृहत् जनप्रदर्शनसहित सभा गर्ने, १४ वटा नारा तय

२०८१ चैत्र १४ गते, बिहीबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ,नेकपा माओवादी केन्द्र , नेकपा (एकीकृत समाजवादी) र नेपाल समाजवादी पार्टीसम्मिलित समाजवादी मोर्चा नेपालले भोलि चैत १५ गते शुक्रबार काठमाडौँमा बृहत् जनप्रदर्शनसहित सभा गर्ने बताएको छ। मोर्चाको बुधबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।
मोर्चाको बुधबार बसेको बैठकले गणतन्त्रको पक्षमा रहेका सबै दललाई बृहत् जनप्रदर्शनसहित उक्त सभामा सहभागी हुन आह्वान गर्ने निर्णय बताइएको छ ।


यसैगरी, उक्त बैठकले जनप्रदर्शनका लागि ‘समाजवादी मोर्चा, नेपाल जिन्दाबाद!’, ‘भ्रष्टाचारलाई कारबाही गर!’, ‘शिक्षकहरूको समस्या समाधान गर!’ , ‘प्रतिगामी षड्यन्त्र मुर्दावाद !’, ‘महँगी र कालोबजारी नियन्त्रण गर!’ लगायत विभिन्न १४ वटा नारा तय गरेको छ ।
बैठकले जुलुसलाई व्यवस्थित गर्न विभिन्न रुटहरू तय गरेको बताइएको छ । बैठकले कोटेश्वर–नयाँ बानेश्वर–माइतीघर–भृकुटीमण्डप, कुपन्डोल–त्रिपुरेश्वर–सुन्धारा–शान्तिबाटिका– भृकुटीमण्डप, नागपोखरी–पुतलीसडक–भृकुटीमण्डप गरी तीन वटा रूट तय गरिएको बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]