समाजवादी मोर्चा कर्णालीको संयोजकमा सुशील सी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ,नेकपा माओवादी केन्द्र , नेकपा (एकीकृत समाजवादी) र नेपाल समाजवादी पार्टीसम्मिलित समाजवादी मोर्चा नेपाल कर्णाली प्रदेशलको संयोजकमा नेकपाका स्थायी समिति सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज सुशिल सी चयन भएका छन् । वीरेन्द्रनगर सुर्खेतमा आयोजित एक कार्यक्रमबीच यसअघिका संयोजक नेकपा (समाजवादी )पार्टीका ठगेन्द्र प्रकाश पुरीले नेता सुशिल सीलाई नेतृत्व हस्तान्तरण गरेका हुन् ।
मोर्चाभित्र समन्वय र सहकार्यलाई सुदृढ गर्न संयोजकको जिम्मेवारी आलोपालो गर्ने प्रचलन अनुसार नेता सुशिल सीलाई कर्णाली प्रदेशलको संयोजकमा चयन गरिएको समाजवादी मोर्चा नेपाल कर्णाली प्रदेशले जानाएको छ ।
उक्त कार्यक्रममा संयोजक सुशील सीले समाजवादी आन्दोलनलाई प्रदेशभर सशक्त बनाउने तथा संविधान र संघीयताको संरक्षणमा मोर्चाले निर्णायक भूमिका खेल्ने बताउदै कर्णालीका जनताको अधिकार, विकास, सुशासन र न्यायका लागि मोर्चालाई अझ प्रभावकारी बनाउने प्रतिवद्धता जनाए।