जेठ १८ गते भोटोजात्रा

काठमाडौँ । रातो मछिन्द्रनाथको पश्चिम यात्रा जेठ १५ गते हुने भएको छ। रातो मछिन्द्रनाथको रथलाई पाटनबाट पश्चिम दिशामा पर्ने बुङ्गमती लैजाने भएकाले त्यसलाई ‘पश्चिमगमन यात्रा’ भनिन्छ। ‘पश्चिमगमन यात्रा’ को साइत नजुराएसम्म भोटो जात्राको साइत तय हुँदैन। ‘पश्चिमगमन यात्रा’ को साइत तय भएको दिन रथ तानेर जावलाखेल पुर्याएको चौथो दिनमा मात्रै भोटोजात्रा मनाउने प्रचलन छ। त्यसदिन उपत्यकामा सार्वजनिक विदा दिने गरिन्छ।
यसदिन भोटोजात्रा जेठ १८ आइतबार गते परेको छ। सो दिन सरकारले काठमाडौं उपत्यकामा अब सार्वजनकि बिदा घोषणा गर्नेछ।
भोटोजात्रा पश्चात रातो मछिन्द्रनाथलाई बुंगमती फिर्ता लगिन्छ। हाल बुंगमतीमा रातो मछिन्द्रनाथको मन्दिर निर्माण तीव्र गतिमा चलिरहेको छ। २०७२ सालको भूकम्पमा सो मन्दिर भत्किएको थियो।