अनुमति नलिई इन्टरनेट सेवा सञ्चालन गरे कारवाही !

२०८२ जेष्ठ ९ गते, बिहीबार


काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन नगर्न/नगराउन निर्देशन दिएको छ । विभिन्न व्यक्ति तथा संस्थाहरूले प्राधिकरणबाट अनुमति नलिई इन्टरनेट (इमेल सहित) सेवा सञ्चालन गरेको पाइएकाले त्यस्तो कार्य नगर्न निर्देशन दिएको हो ।
नेपालका केही स्थानमा प्राधिकरणबाट अनुमतिपत्र नलिई इन्टरनेट (इमेल सहित) सेवा सञ्चालन गरेको गुनासो प्राप्त भएपछि प्राधिकरणले त्यस्तो कार्य नगर्न आग्रह गरेको हो । अनुमति नलिई त्यस्तो कार्य गरेमा दूरसञ्चार ऐन, २०५३ को दफा २१ विपरीत हुने भएकाले कारवाही गर्ने प्राधिकरणले चेतावनी दिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु