कम्युनिष्ट धान्ने सवाल
कम्युनिष्ट बन्नु सजिलो छैन। कम्युनिष्टको गुदी भनेको बिचार र सिद्धान्त हो। कार्यदीशा हो। आफूलाई बदलेर समाज बदल्नु हो कम्युनिष्ट। बदलेर मात्र होइन रक्षागर्नु पनि हो कम्युनिष्ट। यसको बर्गीय धरातल हुन्छ। सर्वहारा बर्गीय चरित्र हो कम्युनिष्ट। सिद्धान्ततः कम्युनिष्टले संपत्तीको आर्जन गर्दैनन्। सम्पत्तीको लोभ लालसा गर्दैनन्। तर ब्यबहारिक रुपमा यस्तो हुनसक्दैन। कम्युनिष्ट होल टाइमरले भने गाउँमा जहाँ जान्छ त्यहीं उसको बास हुन्छ। गास हुन्छ। जनताले नै यसलाई पालेका हुन्छन्। तर जबजस्तीले होइन। समाज बदल्ने जनताको सपना हुन्छ। त्यसैले उनीहरुले कार्यकर्तालाई सहयोग गरिरहेका हुन्छन्। कम्युनिष्ट भन्दैमा सबै एकै हुदैनन्। कोहीले कम्युनिष्टको भारी धान्न सकेका हुदैनन्। उनीहरुलाई कम्युनिष्ट पहाड बनेको हुन्छ। जसरी भए पनि उनीहरुले आफ्नो अस्तित्व देखाउनु परेको हुन्छ। कम्युनिष्ट सिर्जनशील होइन खोपीको देवता बनेको हुन्छ। त्यही खोपी संसार बन्छ। बदलिदो परिस्थितिमा उनीहरु बग्न सक्दैनन्। त्यसैले पार्टी सानो हुदैगएर चुलो चौकामा बदलिन्छ। २।४ जना मानिस लिएर रत्नपार्कको शान्तिबाटीकामा अथवा माईती घर मण्डेलामा झण्डा बोकेर प्रहर्सन गरेका हुन्छन्।
साम्राज्यबाद बिरुद्ध लड्ने त के कुरा सम्राज्यबाद बिरुद्ध लड्ने बिरुद्ध जेहाद छेडेका हुन्छन्। खोइरो खनेका हुन्छन्। एक्ले बीर बनेर दुनिया हसाएका हुन्छन्। अहिले साम्राज्यबादले घेरा हाल्न लागेको बेला साम्राज्यबाद बिरुद्ध लड्ने मोर्चा बनाउँदा उनीहरुको होस हवास उड्छ। अहिले ३ ।४ पार्टी मिलेर समाजिक मोचा बनाउदा उनीहरुको सातोपुत्लो गएको हुन्छ। वास्तबमा समाजबादको तयारी गर्न समाजबादी मोर्चा आवश्यक हुन्छ। अहिले ने क पा, माओबादी केन्द्र, जसपा र समाजबादी एस मिलेर एउटा मोर्चा निर्माण भएको अवस्था छ। यसलाई छिन्न भिन्न पार्न यथास्थितिबादी तथा संशोधनबादीले प्रोपोगण्डा मच्चाई रहेका छन्। संसदीय चुनाब बहिष्कार गर्दा पनि बिरोधका स्वरहरु नआएका होइनन्। संसदबादी पार्टीहरुले त बिरोध गरे नै। यसको पराकाष्ठा पार्टी माथि प्रतिबन्ध लगाएर सयौं कार्यकर्तालाई जेलमा राखे। यो संसदीय ब्यबस्था बिरुद्धको एउटा संघर्ष थियो। कम्युनिष्टमा एकता,संघर्ष र रुपान्तरण हुन्छ। नयाँ आधारमा नयाँ एकता हुन्छ। समाजमा बर्गसंघर्ष रहदा संम कम्युनिष्ट हराउँदैन। अथवा धनि र गरिब हुदासम्म कम्युनिष्ट हराउँदैन। एउटा बारीको सुर्को रहदा सम्म संपत्तीको मोह हराउँदैन। त्यसैले मानिसहरु कम्युनिष्टमा आउन सक्दैनन्। मानौं एकलाख गुमाउँछ मानिस तर एक हजारमा मायाँ हुन्छ। आए संसार आउँदछ गए एउटा जीवन।
समाजबादमा योग्यता अनुसार काम, काम अनुसार माम हुन्छ। तर साम्यबादमा भने योग्यता अनुसार काम आवश्यकता अनुसार माम हुन्छ। साम्यबाद धेरै टाढाको करा हो। अहिले हामीहरु समाजबादको लागि लडिरहेका छौं। अझ भनौं भने बैज्ञानिक समाजबादका लागि। यसमा निशुल्क शिक्षा हुन्छ। स्वस्थ्य निशुल्क हुन्छ। निजीकरणको अन्त्य हुन्छ। गास बास कपासको गरेन्टी हुन्छ। संसदीय ब्यबस्थामा जस्तो भ्रष्टाचार कमिशन खोर हुदैन। सबै कुुरा सामाजीकरण हुन्छ। बलात्कारीलाई मुृृृृत्यूू दण्ड दिइन्छ। समाजिक ुसुूुुुुूरक्षा हुन्छ। तर नेपालमा भने एउटा कम्युनिष्ट पार्टीले अर्को कम्युनिष्ट पार्टीको खुइरो खनेको हुन्छ। नामधारी हुन्छन् धेरै जसो कम्युनिष्टहरु। कम्युनिष्टको साईनबोर्ड हुन्छ बस। एउटा कम्युनिष्ट दलाल बनेर पुँजिबादको सेवा गरिरहेको हुन्छ। सय किलो बढी सुन एयरपोर्टबाट बाहिर आउँदछ। ठूला भनाउदाहरुको मिलिमतो बिना यो काम हुनसक्दैन। यसको बारेमा सरकारले जबाफ दिनसक्नु पर्छ। अन्यथा सरकार जबाफदेही हुन्छ। नेपालमा लूटको धन्दा हुन्छ। यसलाई लूटको स्वर्ग पनि भन्छि। काला पानी, लिपुलेख, लिम्पियाधुरा भारतको कब्जामा रहेको छ। आयातमा मुद्रासंचिति छ। अहिले भारतले नाकामा नेपाल आउने चामल रोकिहेको अवस्था छ। यसमा खै सरकारको प्रतिकृया? गठबन्दनको सरकार यस्तै हुन्छ कि?
यी तमाम बिकृति बिसंगति बिरुद्ध नेकपाले बिरोध गरेकको सुनिन्छ तर कम्युनिष्ट भनाउँदाहरु मौन बसेका छन्। अब यसप्रकारको असफल संसदीय ब्यबस्था खारेज गर्नु पर्छ। संसदीय ब्यबस्थामा भाग लिएर केही हुनेवाला छैन। भागलिएमा यस्तै हुने हो। एमसीसीको संझौता दलालहरुले गरिसके। अब सबै सच्चा बामहरु एकजुट भएर काम गर्नुपर्छ। कुर्सीमात्र खोजेर हुदैन। कुर्सीको लोभमा नै कम्युनिष्टहरु फाटेका हुन्। देशको परिस्थिति अनुुसार कम्युनिष्टहरु सिर्जनशील हुनुपर्छ। अब सानो चौको बस्न हुदैन। यो एउटा बृद्ध पंक्तिकारको भनाई हो।