भारत र अमेरिकी घेरामा नेपाल

२०८२ भाद्र ३१ गते, मंगलवार
झपेन्द्रराज बैद्य

नेपाल दुई शक्ति केन्द्रको बीचमा दुई ढुंगाको बीचमा रहेको तरुल जस्तो छ । नेपालमा रहेको बहुमूल्य खनिज पदार्थ र नेपालको छातीमा टेकेर चीनलाई हिर्काउने उद्देश्यले दुबै देशलाई नेपाल महत्वपूर्ण छ । प्राकृतिक स्रोत साधनमा अमेरिकाको आँखा लाएको छ । यस्तै प्राकृतिक स्रोतका साथै नदी नालामा भारततीय हस्तक्षेप रहिआएको छ । राजनीतिमा भारतीय हस्तक्षेप, साँस्कृतिक क्षेत्रमा भारतीय हस्तक्षेप छ । यहाँसम्म कि अखण्ड भारतको नक्शामा नेपालको लुम्बिीनी र कपिलबस्तु समेटिएका छन् । यस्तै हो भने साँस्कृतिक नक्शा भनेर पुरै नेपाल आउनेछ ।

प्रधानमन्त्री बनाउँदा भारतको समर्थन चाहिन्छ भनेर नेता प्रचण्डले सदनमा बोल्दा बबण्डर मच्चिएको छ । भारतले जसलाई चाहन्छ उही प्रधान मन्त्री हुने चलन छ । यति मात्र कहाँ हो र प्रधान मन्त्री बने पछि सर्वप्रथम भारत जाने प्रचलन छ । यसपटक पनि प्रचण्डको पहिलो भ्रमण भारत भएको हो । प्रचण्डले भारत गएको बेला भारतीय हस्तक्षेपको केही कुरा नगरेको भन्ने व्यापक चर्चा परिचर्चा हुदै आएको छ । कपिलवस्तु र लुम्बिनी अखण्ड भारतको नक्शामा राखिदा पनि त्यसको विरोध गरेको सुनिएन । कालापानी, लिपुलेख र लिम्पिया धुरामा भारतीय सुरक्षा बलको चेकपोस्ट रहँदै आएको छ । भारतको आशीर्बादमा प्रधानमन्त्री भएको हुँदा कुनै पनि प्रधानमन्त्रीले नेपालको राष्ट्रियता प्रति केही पनि चासो दिएनन । कपिलबस्तु र लुम्बिनी समेटिएको नक्शालाई साँस्कृतिक नक्शा भनिएको छ । यस्तै हो भने पुरै नेपाल समेटेर नक्शा बनाएमा त्यसलाई पनि साँस्कृतिक नक्शा भनिने छ । प्रचण्डको मात्र के कुरा ? यो संसदीय व्यवस्थामा जुनसुकै प्रम भारत गएपनि यस्तै गर्छन् । गरिरहेका छन् । सुस्ता रोएको छ । कसले सुन्ने ? दार्चुलामा दिनदहाडै युवा मारिन्छन् । जनदबाब भएपछि कुटनैतिक नोट पठायो कि सकियो । वर्षातमा तराईमा डुवान हुन्छ । यसले गर्दा किशानहरु विक्षिप्त बन्छन् । हिँउदमा ब्यारेज बन्द हुन्छ । वर्षातमा खुलाइन्छ । परिणाम स्वरुप तराई डुवानमा हुन्छ । प्रत्येक वर्ष यो कुरा दोहरिँदै जान्छ । जे हुँदै आएको छ त्यही कुरा प्रचण्डबाट अभिब्यक्त भएको छ । साँचोलाई साँचो भन्नुपर्छ । कुनै मान्छेको भनाइमा उपल्लोतहका मानिसहरु भटाभट पक्राउ पर्न थाले पछि के निहुँपाउँ कनिका बोकाउँ भने जस्तै संसदमा बखेडाबाजी भएको छ । भ्रष्टाचारलाई पन्छाउन पनि संसद अवरोध गरिएको हो पनि भनिन्छ । तर, प्रचण्ड पनि पानी माथिको ओभानो नभएको देख्न सकिन्छ । जहिले पनि भारतसँग ज्यूँ–ज्यूँ भनेर बस्ने हो भने नेपालको सार्वभौम सत्ता कसरी जोगिन सक्छ ? कम्फर्टेबल सरकार त्यसै भनिएको होइन । प्रचण्डले पनि सोँच न बिचार प्वाक्क भन्न हुदैन थियो ।

भरतले जस्तै अमेरिकाले पनि नेपाललाई अतिक्रमण गरेको देखिन्छ । नेताहरु बिकाउ भए । नेताहरुलाई किनेर अमेरिकाले एमसीसी पास गराएको हो । अब एस पीपी पनि पास गराउने पक्षमा छ अमेरिका । नेपालमा सयौं अमेरिकी सेना यत्र तत्र छरिएर क्याम्प बनाएर बसेका छन् भनिन्छ । यसमा एमसीसी पासगराउनेहरु मौन रहेका छन् । पञ्चायती व्यवस्थामा तानाशाह भएपनि राजा महेन्द्रको पालामा बाहिरी हस्तक्षेप थिएन । अहिले सयौं राजा भएका छन् । तर त्यससो भन्दैमा किनारा लगाईएको प्रतिगमन फर्केर आउने संभव देखिदैन । नेताहरुको घृणित कार्यले गर्दा जनताले राजतन्त्रको स्मरण गरेका हुन् । सात प्रदेशमा मुख्यमन्त्री सात प्रशासकीय र प्रत्येक प्रदेशमा मन्त्रिमण्डल गठन गरेर नेताहरुलाई भागवण्डा गरेको अवस्था छ । यस किसिमको आर्थिक बोझ भएको संघीयताको जनस्तरबाट अबमूल्यन भएको छ । समाजबादमा त्यही किसिमको संघीयता हुन्छ । तर नेपालमा भने नेताहरुको लागि तलब पाउने संघीयत भएको छ । यो देशले धान्न सक्दैन ।

अमेरिकाले नेपालको छातीमा टेकेर चीनलाई हिर्काउन चाहने भएकोले अमेरिकाले नेपाललाई आँखा गाडिरहेको छ । एम सीसीको विरोधमा पूरै देश उल्टिएको थियो । यसको विरोधमा नेकपाको नेतृत्वमा खुल्लामञ्चमा ऐतिहासिक विरोध सभा भएको थियो । तर, दलाल नेताहरुले एमसीसी पास गराईछाडे । यसमा बामपथी नेता चुकेकै हुन । लेनिन अनुसार संसद यस्तो थलो हो त्यहाँ गएपछि नेताहरु सकुशल फर्किदैनन् । फर्केका पनि छैनन् । यो गफडा गर्ने थला हो । जुन हुने हो भइहाल्छ । चुनावमा कराडौं खर्च गरेर नेताहरु आएका हुन्छन् । अर्को चुनावको लागि पैसाको जोहो गरेका हुन्छन् । यस प्रकारको चुनावलाई लोकतन्त्र भनिन्छ वा कुलिन तन्त्र वा तानाशाहा ? जनता भने भेँडा बनेका हुुुन्छन् गणेशमान सिंहको शब्दमा । तर त्यसो नभनौं । जनतामा चेतनास्तर बृृृद्धिहोस् । अब वैज्ञानिक समाजवादको विकल्प छैन जसको प्राप्तिको लागि नेकपाले एकीकृत जनक्रान्ति संचालन गरिरहेको छ । यसै अनुसार नेकपा र माओवादी केन्द्र समेत चार दल मिलेर समाजवादी मोर्चा बनेको छ । यसमा क्रमशः अरु दलहरु पनि सामेल हुनेछन् । यसलाई सफल बनाउनु सबै देशभक्तहरको कर्तव्य हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु