नेपाल टेलिकमद्वारा विमानस्थलहरुमा नि:शुल्क वाईफाई सञ्चालन

२०८२ कार्तिक १४ गते, बिहीबार

काठमाडौँ । नेपाल टेलिकमले अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थलहरुमा सर्वसाधारण यात्रु लक्षित गर्दै फ्रि वाईफाई सञ्चालनमा ल्याएको छ ।
टेलिकमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशभर सञ्चालनमा रहेका अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थलहरुमा सर्वसाधारण यात्रु लक्षित फ्रि वाईफाई इन्टरनेट सेवा शुभारम्भ गरेको जनाएको छ ।
टेलिकमको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक सविना मास्के र विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेले प्रथम चरणमा विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनमा सेवाको शुभारम्भ गर्नुभएको थियो ।
यस फ्रि वाईफाई सेवाको कभरेज विमानस्थलको आगमन, प्रस्थान, भिआई लाउञ्ज तथा प्रतिक्षास्थल लगायतका क्षेत्रहरुमा रहेको जनाइएको छ ।
देशभर सञ्चालनमा रहेका ३ वटा अन्तराष्ट्रिय विमानस्थल तथा ३४ वटा आन्तरिक विमानस्थलहरुमा सर्वसाधारण यात्रुलक्षित फ्रि वाईफाई सेवा सञ्चालन गर्न टेलिकम र नागरिक उड्डयन प्राधिकरणबिच भएको सम्झौताबमोजिम सो कार्यक्रमको शुभारम्भ गरिएको टेलिकमले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]