महिला टी-२० विश्वकप ग्लोबल छनोट : नेपाल नेदरल्यान्ड्ससँग खेल्दै
काठमाडौँ । काठमाडौंमा जारी आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्ससँग खेल्दै छ । समूह ‘बी’ अन्तर्गतको उक्त खेल विहान ९ बजेदेखि त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल पहिलो खेलमा थाइल्यान्डसँग पराजित भएको थियो भने नेदरल्यान्ड्सले जिम्बाबे र स्कटल्यान्डलाई हराइसकेको छ ।
महिला टी-२०आई वरियतामा नेदरल्यान्ड्स १४औं स्थानमा छ । नेपाली टोली २१औं स्थानमा छ । नेपालले नेदरल्यान्ड्ससँग हालसम्म ३ खेल खेल्दा ३ वटै खेलमा पराजित भएको छ । समूह चरणबाट अगाडि बढ्न नेपालले बाँकी ३ वटा खेलमध्ये कम्तीमा पनि २ वटा खेल जित्नुपर्ने अवस्था छ । नेदरल्यान्ड्स भने अब एक जितले मात्र पनि अघिल्लो चरणमा पुग्नेछ ।
