टी-२० विश्वकप: आज इङल्याण्ड र वेस्ट इण्डिज भिड्दै
काठमाडौँ । जारी टी-२० विश्वकपमा आज तीन खेल हुदैछ । पहिलो खेल समुह डी अन्तर्गत अफगानिस्तान र दक्षिण अफ्रिकाबीच हुदैछ । भारतको अहमदावादमा हुने यो खेल नेपाली समय अनुसार विहान ११: १५ बजेदेखि शुरु हुदैछ । अफगानिस्तानले पहिलो खेलमा न्यूजील्याण्डसँग हार बेहोरेको थियो भने दक्षिण अफ्रीकाले पहिलो खेलमा क्यानडालाई पराजित गरेको छ ।
त्यस्तै आज दोस्रो खेल समुह बी अन्तर्गत अस्ट्रेलिया र आयरल्याण्डबीच हुदैछ । श्रीलंकाको कोलम्बोमा हुने यो खेल नेपाली समय अनुसार दिउसो ३: १५ बजेदेखि शुरु हुदैछ । जारी विश्वकपमा अस्ट्रेलियाको यो पहिलो खेल हो भने आयरल्याण्डले पहिलो खेलमा श्रीलंकासँग हार बेहोरेको छ ।
त्यसैगरी आज तेस्रो खेल समुह सी अन्तर्गत इङल्याण्ड र वेस्ट इण्डिजबीच खेल हुदैछ । भारतको मुम्बईस्थित वानखेडेमा हुने यो खेल नेपाली समय अनुसार साँझ ७: १५ बजेदेखि शुरु हुदैछ । जारी विश्वकपमा इङल्याण्डले नेपाललाई पराजित गरेको छ भने वेस्ट इण्डिजले स्कटल्याण्डलाई पराजित गरेको थियो ।
