नेपाल कबड्डी लिग स्थगित

२०८३ जेष्ठ १९ गते, मंगलवार


काठमाडौँ । नेपाल कबड्डी लिग (एनकेएल) स्थगित भएको छ । आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले एक विज्ञप्ति जारी गर्दै यहि जेठ २२ गतेदेखि त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा हुने भनिएको प्रतियोगिता स्थगित भएको हो । ड्राफ्टमार्फत छनोट भएका सम्पूर्ण खेलाडीको छनोट भने यथावत् रहने उल्लेख छ।
आयोजकले दोस्रो संस्करणका लागि ५ सय १२ नेपाली खेलाडी र १५ देशका १ सय भन्दा बढी विदेशी खेलाडीले यसअघि नै नाम दर्ता गरिसकेकाे जनाएकाे हाे । एनकेएलको पहिलो संस्करणमा प्रमुख ६ शहरका टोली विराटनगर, जनकपुर, काठमाडाैं, पोखरा, बुटवल र धनगढीले प्रतिस्पर्धा गरेका थिए । फाइनलमा काठमाडाैंलाई पराजित गर्दै जनकपुर च्याम्पियन भएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]