कच्चा तेलको मूल्यमा भारी वृद्धि

२०८३ असार २४ गते, बुधबार

काठमाडौँ । अमेरिकाले इरानमाथि सैन्य आक्रमण गर्दै व्यापारिक प्रतिबन्ध पुनः लागू गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उल्लेखनीय रूपमा बढेको छ। हर्मुज जलडमरूमध्यमा तेलवाहक जहाजमाथि भएको आक्रमणपछि अमेरिकाले इरानविरुद्ध कारबाही तीव्र बनाएको हो।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार अमेरिकी कच्चा तेल (यूएस क्रुड) को मूल्य २.७ प्रतिशतले बढेर प्रतिबारेल ७२.४० अमेरिकी डलर पुगेको छ। यससँगै १० वर्षे अमेरिकी ट्रेजरी बन्ड फ्युचर्स पनि घटेको छ। बजारमा बढ्दो तनावका कारण मुद्रास्फीति चुलिन सक्ने र ब्याजदर उच्च रहने सम्भावनालाई लगानीकर्ताले मूल्याङ्कन गर्न थालेपछि बन्ड बजारमा दबाब परेको विश्लेषण गरिएको छ। विश्लेषकहरूका अनुसार मध्यपूर्वमा बढ्दो सैन्य तनावले विश्व ऊर्जा आपूर्ति प्रभावित हुन सक्ने आशंकाले तेलको मूल्य थप महँगिन सक्ने संकेत देखिएको छ। – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु