धर्मका बारेमा माक्र्सवादी दृष्टिकोण
सबैखाले धर्महरु अफिम हुन् ।– कार्ल माक्र्स
हरेक प्रकारका धर्म मानिसको दिमागमा ती बाह्य शक्तिहरुको काल्पनिक प्रतिबिम्ब बाहेक अरु केही होइन, जसले तिनको दैनिक जीवनलाई शासित गर्दछन् । यो प्रतिबिम्बमा पार्थिव शक्तिहरुले अलौंकिक शक्तिहरुको रुप धारण गरेका हुन्छन् ।– फ्रेडरिक एंगेल्स
पहिलो नम्बरमा धर्म भनेको मान्छेले दर्शन सम्बन्धि देश दुनियाँलाई जान्ने, बुझ्ने व्याख्या गर्ने र बदल्ने विषयशीत विषय हो । दोस्रो नम्बरमा धर्म भनेको मानिसको अन्धविश्वास हो, अर्थात् मान्छेको अन्धभक्ती हो । यस विषयमा तल प्रकाश पार्ने प्रयत्न गरिनेछ ।
धर्म भनेको के हो ? धर्मको उत्पत्ति कहिले र कसरी भयो ? संसारमा ठूला–ठूला धर्मयुद्धहरु किन भएका थिए, भइरहेका छन् ? मानिस किन मन्दिर मन्दिरमा जान्छ ? मानिसले ढुङ्गा पूजा, मुर्ति पूजा किन गर्दछ ? मानिसले स्वर्ग नर्कका कुरा किन गर्दछ र जन्म पुनर्जन्म, भाग्य–अभाग्य, धनी हुनु, गरीव हुनु, विद्वान हुनु र मूर्ख हुनु उसको भाग्यले पाएको हो, जन्ममा भावीले लेखेर ल्याएको हो भन्ने पाखण्डी कुरालाई विस्वास मान्दछ ?
यही साउन १० गते राति १० बजेतिर सुनसरी जिल्लाको कप्तान गञ्जमा त्यस प्रकारको त्रासदीपूर्ण घटना कसले र किन घटाएको आदि विषयमा यस आलेखमा दार्शनिक रुपमा प्रकाश पार्ने प्रयत्न गरिएको छ ः
धर्म के हो ?
धर्म मानिसको अन्ध विस्वास हो । धर्म मानिसको समाज र प्रकृतिप्रतिको भ्रान्त धारणा हो । धर्म भनेको अलौंकिक (अदृश्य) शक्तिमा विस्वास गर्नु हो । अर्थात् काल्पनिक शक्तिमा विस्वास गर्ने अन्धविस्वासी चेतना हो । धर्म बुद्धिहिन र विवेकहिन चेतनाको भ्रान्त विश्वास हो ।
धर्म मानिसको चेतनाको त्यो एउटा रुप हो, जसको विशिष्ट लक्षण मनमा हावी भएको बाह्य शक्तिको भ्रमपूर्ण रुप हो, जसमा पार्थिव शरीरले अलौकिक रुप ग्रहण गर्दछ । यस विषयमा द्वन्द्वात्मक भौतिकवादी एवं सर्वहारा वर्गका महान् नेता, गुरु तथा सर्वहारा वर्गको मुक्तिको मार्गदर्शक सिद्धान्त माक्र्सवादका प्रतिपादक तथा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादका आविष्कारक कार्ल माक्र्स (१८१८–१८८३) का अनन्य मित्र एवम् सहयोगी फ्रेडरिक एंगेल्स (१८२०–१८९५) ले धर्मका बारेमा भन्नुभएको छ, “हरेक प्रकारको धर्म मानिसको दिमागमा ती बाह्य शक्तिहरुको काल्पनिक प्रतिबिम्ब बाहेक अरु केही होइन, जसले तिनका दैनिक जीवनलाई शासित गर्दछन् । यो प्रतिबिम्बमा पार्थिव शक्तिहरुले अलौकिक शक्तिहरुको रुप धारण गरेका हुन्छन् ।”– माक्र्स–एंगेल्स, धर्म के बारे मे, पृष्ठ १५०, राहुल फाउन्डेसन लखनऊ, भारत, २००८ ।
प्रारम्भमा धर्म गणचिन्हवाद, जीवात्मवाद तथा बहुदेवतावादका रुपमा र पछि एकेश्वरवादका रुपमा विकसित भएको हो ।
धर्मको जन्म कहिले भएको हो ?
मान्छे जब आदिम साम्यवाद (जंगली अवस्था) बाट दास समाजमा प्रवेश ग¥यो र मानव समाज वर्गमा विभाजित हुन पुग्यो तब मान्छेद्वारा नै काल्पनिक धर्मको जन्म भएको प्रचारप्रसार गरियो । किनभने धर्म कुनै वास्तविक प्राणी वा वस्तु नभएको र मानव समाज वर्गमा विभक्त भइसकेपछि अर्थात् दासस्वामी समाजको जन्म संगै शोषक वर्ग र शासित वर्ग, शोषक वर्ग र शोषित वर्गको उदय भयो । त्यसपछि शाषक वर्ग र शोषक वर्गले गरीव वर्गमाथि धर्मको आडमा शासन र शोषण गर्ने आौजार (हतियार) रुपमा धर्मको जन्म गराएको षड्यन्त्रपूर्ण र पाखण्डीपूर्ण तरिकाले सर्वसाधारण, गरीव, निमुखा जनतामाथि शासन र शोषण गर्ने उद्देश्य धर्मको जन्म भएको प्रचारप्रसार गरियो थियो ।
शुरुका दिनहरूमा मान्छेको चेतना छिपछिपे थियोे । प्रकृतिका नियमप्रति ऊ अनभिज्ञ थियो । प्रकृतिमा भयाङ्कर त्राशदिपूर्ण घटनाप्रति मान्छे अनभिज्ञ थियो । प्रकृतिको नियमानुसार भूकम्प आउँथ्यो, ठूलो जनधनको क्षति हुन्थ्यो । पानी, आँधी हुरीबतास तथा भीषण बाढी पहिरो आउँथ्यो । हैंजा, रोगब्यादी फैलिन्थ्यो, औषधीमूलो गर्ने उसको चेतना थिएन । ती घटना, परिघटनाहरुले ठूलो संख्यामा मान्छेहरुको असमयमै मृत्यु हुन्थ्यो ।
एकातिर यी घटना परिघटनाप्रति मानिस अनभिज्ञ थियोे, अबुज थियो भने अर्कोतिर शोषक र शासक वर्गले काल्पनिक ईश्वरलाई स्थापित गराएको थियो । स्वर्ग–नर्क, पाप पूण्य, जन्म, पुनर्जन्मको प्रचार गरिएको थियो । आपूm भन्दामाथिका ठूलो मान्छेको विरोध गर्ने, आलोचना गर्ने मान्छे पापी अपराधी हुने र ऊ स्वर्ग होइन नर्कमा बास गर्ने हल्ला गरिएको थियो । किनभने मान्छे मरे पछि स्वर्ग जान्छ र उसको पुनर्जन्म हुन्छ भन्ने कुरा सर्वसाधारण, स्वर्ग भने मान्छे मरेपछि जाने हो र आनन्द र सुखसैलका दुधभात, खिर, केरा र मिठा मिठा खाना खान पाइने र कुनै दुःखबिना आनन्दले जीवन बिताउन पाइन्छ भने पापी मान्छे नर्कमा जाने हो र नर्क मान्छेको रगतैरगतले भरिएको र सर्पहरु हुन्छन्, तिनीद्वारा टोकाएर मारिन्छ भन्ने भ्रमपूर्ण प्रचार–प्रसार गरिन्थ्यो र सर्वसाधारणले चेतनाको अभावका कारणले पत्याउनै पर्ने बनाइएको थियो ।
धर्म कति प्रकारका छन् ?
दासमालिक समाज र सामन्ती समाजमा धर्म धेरै विकसित हुँदै गएको थियो । विश्वमा र कुनै खास देशका सन्दर्भमा पनि स्थानीय रुपमा अनेकौं धर्महरु देखिने गरेका छन् । तसर्थ संसारमा विश्व धर्मका रुपमा तीन धर्म विकासित भएका छन् । बौद्ध धर्म, ईसाई धर्म र इस्लाम धर्म । यी बाहेक क्षेत्रीय रुपमा पनि धर्मको विकास भएको छ, जस्तै दक्षिण एशिया खासगरी भारत र नेपालमा हिन्दु धर्मको विकास भएको छ ।
बुद्ध धर्म
यी तीन धर्म मध्ये पहिलो धर्म बुद्ध धर्म हो । जुन धर्मको जन्म स्थान नेपाल हो । यस धर्मका जननी अर्थात् संस्थापक गौतम बुद्ध हुन् । बुद्ध धर्मको जन्म ई. पू. २५०० सय वर्ष पहिलेको आसपासमा भएको पाइन्छ ।
गौतमबुद्ध (५६३–४८३ शई. पू. नेपाली दार्शनिक हुन् । उनको उपनिसदवाद विरोधी अनात्म–अभौतिक तटस्थवाद र अधिभूतवाद विरोधी क्षणभङ्गवाद नेपाल कै दार्शनिक उपज हो । बुद्धको दर्शन चार आर्य सत्यको आधारशीलामा खडा रहेको छ ती हुन् । दुःख, दुःख हेतु, दुःख विनाश र दुःख विनाशका मार्ग । दुःख विनाशका मार्गलाई अष्टाङ्गिक मार्ग पनि भनिन्छ । ती हुन्– क) सम्यक दृष्टि, (ख) सम्यक सङ्कल्प, ग) सम्यक वचन (घ) सम्यक कर्म, (ङ) सम्यक जीविका (च) सम्यक प्रयत्न (छ) सम्यक स्मृति र (ज) सम्यक समाधि । यसरी दर्शनको फाँटमा बुद्धका विचार घनीभूत रुपमा अभिव्यक्त भएको पाइन्छ ।
इसाई धर्म ः
इसाई धर्मको जन्म ईसामसिह (जेसस्क्राइष्ट) को नामबाट इसाई सम्बतको प्रारम्भमा रोमन साम्राज्यको पूर्वी क्षेत्र मध्यपूर्वमा भएको थियो । इसाई धर्मको धार्मिक ग्रन्थ बाइबिल हो । ११ देखि १३ आँै शताब्दीसमम जेरुसलाम कब्जा गर्न लगातार धर्मयुद्ध भएको थियो ।
इस्लाम धर्म ः
द्रत्यस्तो इस्लाम धर्को जन्म इस्लाम धर्मका संस्थापक पैगम्बर मुहम्मद (ई. ५७०) बाट भएको हो । यो धर्म एकेश्वरवादमा आधारित छ । यो धर्ममा अल्लाह अर्थात् ईश्वरलाई न्यायदाता, संरक्षक, सर्वशक्तिमान, ज्ञानमय र पून्य मानिन्छ । इस्लामको अर्थ हो– अल्लाहप्रति आत्मसमर्पण । यस धर्ममा अनेकौं शाखा– उपशाखाह छन्, जसमा शुन्नी, शिया र सूफो सम्प्रदाय प्रमुख रहेका छन् । इस्लाम धर्मको पहिलो धर्मग्रन्थ “कुरान” र त्यसपछिको “शुन्ना” हो ।
यस बाहेक क्षेत्रीय धर्मका रुपमा दक्षिण एशिया (भारत, नेपाल) मा हिन्दु धर्मको विकास भएको छ । वेद, पुराण, उपनिषद्, महाभारत, रामायण हिन्दु धर्मका धार्मिक ग्रन्थ हुन् । रुद्री–चण्डी, गरुडपुराण आदि ग्रन्थहरु पनि रहेका छन् ।
मान्छेले ढुंगा पूजा–मूर्ति पूजा किन गर्दछ ?
अन्धविश्वास, अन्धभक्तीलाई विश्वास गर्ने मानिसले काल्पनिक ईश्वरलाई आफ्नो भगवान मान्दछ । र ईश्वरले, भगवानले नै उसको इच्छा–आकांक्षा पुरा गरिदिन्छ भन्ने विश्वास गर्दछ । आफ्ना स्वार्थपूर्ति गर्ने उद्देश्यले उसलाई भगवान खुसी पार्नुपर्ने हुन्छ । त्यसको निम्ति उसले ईश्वर–भगवानलाई ढोग–प्रणाम गरेर मिठा मिठा फलपूmल, दूध, घ्यू, मह आदि मिष्ठानहरु खान दिएर खुसी पार्न चाहन्छ तर, उसले ईश्वर–भगवानलाई खोजेर कहीं पनि पाउँदैन, जतिसुकै खोजेपनि कहीं कतै पाउँदैन । नपाए पछि उसले ढुंगालाई, काठको मूर्तिलाई ईश्वर–भगवानको प्रतीक मानेर जल चढाउँछ, फलपूmल चढाउँछ, पूजा आजा गर्दछ । भेटी, अक्षेता चढाउँछ, आफ्ना दुःख, कष्टकरहरुबाट छुट्टी पाऊँ, आफैंले गरेका पाप–अपराधहरुबाट मुक्ति पाऊँ भनेर त्यही ढुंगा र मूर्त अगाडि खडा भएर भाकल गर्दछ, पशुवली चढाउँछ र सन्तोष लिन्छ, आनन्दले रमाउँदै त्यहाँबाट फर्किन्छ ।
त्यसैले धर्मभिरुहरु मान्छेहरुले ईश्वर–भगवानहरुलाई बस्ने, आपूmले त्यहीँ नै ईश्वर–भगवानलाई पाउन सक्ने आशाले आ–आफ्नो आस्था र विश्वासका आधारमा मठ–मन्दिर, चर्च, मस्जिद गुम्बा, स्तूप आदि बनाएको छ । र, ती मठ–मन्दिर, चर्च, मस्जिद, गुम्बामा गएर पूजा–आजा गर्ने, ईश्वर भगवानको दर्शन गर्न पाइन्छ भनेरै ऊ दिनहुँ, बिहान–साँझ, बेलुका, बेला–कुबेला मठ–मन्दिर, चर्च, मस्जिद, गुम्बाहरुमा धाउँछ । यो अन्धविश्वास र अन्धभक्तताको उपज हो । अवैज्ञानिक दृष्टिकोण हो । दृष्टिकोणबिहिन, विवेकहिन, विज्ञानलाई विश्वास नगर्ने, अवैज्ञानिक चेत भएको मान्छे मठ–मन्दिरमा धाएर आनन्दको अनुभूति लिन्छ । यो बाहेक उसले कुनै भौतिक चिज प्राप्त गर्दैन ।
धर्मप्रति विश्वास गर्ने मानिसशीत कुनै विचार हँुदैन, दृष्टिकोण हुँदैन, केवल ऊसँग भावना हुन्छ । त्यसैले भावना नमिल्नेशीत ऊ छिटो भट्किन्छ विपरीत धर्म र आस्था राख्नेका बीचमा भीषण लडाइँ हुन्छ, कुटाकुट मात्र होइन काटमार, आक्रमण, हमला समेत भएर युद्ध समेत हुन्छ । जस्का कारण संसारमा ठूला–ठूला धर्म युद्धहरु भएका छन् । भारत र नेपालमा पनि हिन्दु–मुस्लिम धर्मका पक्षधरहरुका बीचमा ठूला–ठूला आक्रमण, हमला, तोडफोड, आगजनी, मारामार, हत्याहरु भएका, ठूलो मात्रामा जनधनको क्षति भएका प्रसस्तै उदाहरणहरु छन् । यही धार्मिक कट्टरपन्थीहरुकै कारणले गर्दा यही साउन १० गते नेपाल कै सुनसरी जिल्लाको कप्तानगञ्जमा धर्मयुद्ध भड्कियो र ४ जना हिन्दु युवाहरुले ज्यान गुमाउन पुगे भने मुस्लिम समुदायको पनि ठूलो धन सम्पत्तिमाथि क्षति हुन पुगेको छ र त्यसले झन्डै राष्ट्रिय रुप लिन पुगेको थियो ।
नेपालका शासकहरुले नेपालको संविधान २०७२ को भाग १, धारा ४ मा नेपाल “धर्मनिरपेक्ष” राज्य भएको व्यवस्था गरिएको छ । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक भएको देश भएकोले “धर्मनिरपेक्ष” राज्य घोषणा गरिएको सकारात्मक कुरा हो ।
तर उक्त संविधानको त्यही भाग ४ मा नै स्पष्टीकरण ः “यस धाराको प्रयोजनका लागि” धर्मनिरपेक्ष “भन्नाले सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षणलगायत धार्मिक, साँस्कृतिक स्वतन्त्रता सम्झनु पर्छ” भन्ने पाखण्डीपूर्ण व्यवस्था गरिएको छ, जसले गर्दा नेपालमा विभिन्न समयमा धार्मिक द्वन्द्वका घटनाहरु दोहोरिँदै आएका छन् ।
धर्म भनेको के हो ? भन्ने विषयमा सर्वहारा वर्गका महान् नेता, गुरु, माक्र्सवादका प्रवर्तक एवम् द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादका आविष्कारक दार्शनिक कार्ल माक्र्स (१८१८–२८८३) ले भन्नुभएको छ, “धार्मिक व्यथा एकैसाथ वास्तविक व्यथाको अभिव्यक्ति र वास्तविक व्यथाको प्रतिवाद दुबै नै हो, धर्म उत्पीडित प्राणीको सुस्केरा हो, एक हृदयहिन दुनियाँको हृदय हो, त्यो जनताको लागि अफिम हो ।”– माक्र्स–एंगेल्स, धर्म के बारे मे, पृष्ठ १५०, राहुल फाउन्डेसन लखनउ, भारत, २००८ ।
धर्म वास्तविक अर्थमा अर्थमा अफिम नै हो । यसले दुःखमा मान्छेलाई केही राहत प्रदान गरे पनि त्यो एक प्रकारको नशा मात्र हो र यसले मानिसलाई दुःख वा उत्पीडनबाट मुक्ति प्रदान गर्न सक्दैन ।
यसलाई दार्शनिक दायराबा हेर्न, बुझ्न, व्याख्या गर्न, विश्लेषण गर्न र संश्लेषण गर्नु पर्ने हुन्छ । किनभने दर्शन भनेको दुनियाँ बुझ्ने र त्यसलाई बदल्ने साधन हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद धर्म विरोधी रहेको छ । यसले कुनै ईश्वर, वा अलौकिक शक्तिमा विश्वास गर्दैन । तर यसले धर्मको विरोध यान्त्रिक रुपमा होइन द्वन्द्वात्मक भौतिकवादी तरिकाद्वारा गर्दछ ।
्रधर्मका बारेमा माक्र्सवादी दृष्टिकोणका बारेमा जान्न आवश्यक हुन्छ । धर्म बारे माक्र्सवादी दृष्टिकोण के हो ? भन्ने विषयमा विश्व सर्वहारा वर्गका महान् नेता , महान् रुसी अक्टोबर समाजवादी क्रान्तिका नायक तथा संस्थापक लेनिनले भन्नुभएको छ, “जहाँसम्म राज्यको सम्बन्ध हो धर्मलाई व्यक्तिगत मामिलामा मानिनु पर्दछ तर जहाँसम्म पार्टीको सवाल हो हामीले धर्मलाई कुनै पनि हालतमा व्यक्तिगत मामिला मान्न सक्दैनौ । धर्मशीत राज्यको कुनै सरोकार हुनुहुँदैन र धार्मिक संस्थाहरुको पनि सरकारी संगठनहरुसित कुनै प्रकारको सम्बन्ध हुनुहुँदैन ।”– लेनिन संकलित रचनाएं दश खण्डो मे, खण्ड– ३, पृष्ठ २४८, प्रगति प्रकाशन मास्को १९८१ माक्र्सवादको आफ्नै दर्शन छ । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन नै माक्र्सवादी दर्शन हो । माक्र्सवादले हरेक वस्तुलाई यही द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शनका आधारमा हेर्दछ । माक्र्सवाद धर्मनिरपेक्षता होइन, धर्मसापेक्षताको पक्षमा छ । धर्मनिरपेक्षताको असली अर्थ सबै धर्मलाई समान हैसियत प्रदान गर्नु वा धर्महरुकाबीच समन्वय कायम गर्नु होइन, अपितु धार्मिक उत्पीडन, अन्धविश्वास र हस्तक्षेपबाट मुक्त हुनु हो । माक्र्सवाद धार्मिक उत्पीडन , अन्धविश्वास र हस्तक्षेपको विरोध मात्र होइन अन्ततः धर्म कै विरोधी रहेको छ ।
धर्मका बारेमा जनसमुदायलाई कसरी शिक्षित तुल्याउने ?
धर्मका बारेमा आम जनसमुदायलाई कसरी शिक्षित तुल्याउने, दिक्षित तुल्याउने भन्ने प्रश्न ज्यादै महत्वपूर्ण सवाल हो । धर्मका बारेमा माथि नै हदसम्म प्रकाश पार्ने प्रयत्न गरिएको छ । वर्गसंघर्ष र क्रान्तिकाबीचबाट जनसमुदायलाई शिक्षित तुल्याएर नै असली अर्थमा धर्मको विरोध हुन सक्छ । द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोणद्वारा समृद्ध बन्दै गए पछि नै धर्म जस्तो भ्रान्त कल्पनाको अन्त्य हुन्छ ।
-लेखक ः वरिष्ठ माक्र्सवादी दार्शनिक एवम् अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन् ।

