काफल ः पहाडी फलको राजा

२०८३ भाद्र १७ गते, बुधबार

िकाफल एक फल मात्र होइन औषधि पनि हो । पहाडी फलको राजा हो । खट्टो मिठो र रसिलो स्वाद हुने फल काँचो छदा हरियो र पाक्दै गरेको रातो अनि पाकेको फल हल्का बैजनी र कालो रंगको हुन्छ । काफल नेपालको मध्य, उच्च पहाडी र हिमाली क्षेत्रका साथै समुद्री सतहदेखि १ हजार ५ सय मिटरदेखि ४ हजार मिटर उचाइसम्म पाइन्छ । काफल भारतको उत्तराखण्ड राज्यको राजकीय फल हो भने, हिमाञ्चल र असम प्रदेशमा पनि पाइने एक प्रख्यात फल हो । नेपालको धेरै ठाँउमा बैशाख–जेठमा काफल बिक्री गरेर घर खर्च चलाउनेको संख्या ग्रामीणदेखि सहरी क्षेत्रमा धेरै हुनुपर्छ । काफल पाक्ने समय बैशाखदेखि जेठसम्म ५० देखि ६ सय रुपैयाँ प्रति किलोका दरले बिक्री हुने गरेको छ ।

नेपालीमा ठाउँअनुसार कोबुसी, कायफल, काफल भन्ने गरिन्छ भने हिन्दीमा काफल कायफर, कायफल र अङ्ग्रेजीमा काफलाई बेबेरी भनिन्छ । काफलको वैज्ञानिक नाम भने मार्सिका एस्कुलेन्टा हो । नेपालको पहाडी भेक, उत्तरी भारत, दक्षिणी भूटान अन्य भाषामा काफल। तेलगुमा कैदर्यमु, बंगालीमा कायफल, कट्फल, पंजाबीमा कहेला, कायफल, मलयालममा मरुता मराठीमा कायाफल अरवीमा औदुल, अजूरी पर्सियनमा–दरेशीशमकन्दु, उर्दुमा कायफल, कन्नडामा किरिशिवनि, गुजरातीमा कारीफल तमिलमा–मरुदम,पट्टई भनिन्छ ।

काफलसँग ‘काफल पाक्यो’ चरीको पनि सम्बन्ध छ । काफल पाक्यो चरीको वैज्ञानिक नाम क्युकुलस माइक्रोप्टेरस हो । यो नेपाललगायतका दक्षिण एसिया तथा पूर्वी एसियाका केही स्थानहरूमा पाइने गर्छ । यो चरा समुन्द्री सतहबाट ३६०० मिटरसम्मको उचाइमा रहेका जङ्गलहरूमा पाइने गर्छ । यो घुम्ने चराको रुपमा पनि चिनिन्छ । बैशाखमा तराईमा पनि यो चरा ‘काफल पाक्को’ भन्दै मिठो स्वर गुन्जीत गर्दछ । डोटेली भाषा अनुसार अति मन मोहक र सुरिलो भाकामा ‘काफल पाक्को, गला लाग्गो’ अर्थात ‘काफल पाक्यो, घाटिमा रोकियो’ भनेर चराले समाजमा आफ्नो स्वर फैलाएको हामी प्रत्यक्ष सुन्न सक्छौँ ।

काफल पाक्ने समय चैतदेखि जेठ महिनासम्म भए पनि वातावरणमा आएको परिवर्तन काफल पाक्ने समयमा तलमाथि भएको देखिन्छ । ‘काफल पाक्यो’ चरी र बेही लोक कथाहरू ः–

१. वास्तवमा ‘चराले काफल पाक्यो भनेको हो कि अन्य कुनै सन्देश दिएको हो त्यो कुरा त अनुसन्धानको विषय हुन सक्छ ।’ बचपनममा भनिन्थ्यो काफल पाक्यो गला लाग्यो खानु के छ ? चिउल्या रोटो साग के छ ? नुन्या ढिको लाउनु के छ ? उन्या भोटो दिन्या के छ ? गाईको बाच्छो रुन्या को हो ?’

२. एक पटक यस्तो भयो कि महिलाले बिहान सबेरै टिपेर घरको आँगनमा रहेको सानो टोकरीमा राखेकी थिइन् । घरायसी काममा व्यस्त भएकाले साँझपख काफल बेच्ने निर्णय गरे । छोरीलाई बोलाएर काफलको हेरचाह गर्न भनिन् र जङ्गलबाट नआउञ्जेल काफल नखान निर्देशन दिइन् । म आफैं तिमीलाई पछि काफल खान दिन्छु भनिन् । यति भन्दै आमाले अरु काम गर्न थालिन् । आमाको सल्लाह बमोजिम छोरीले काफल हेरी दिइरहेकी थिइन । यतिकैमा काफलले मन लोभ्याए पनि आमाको आज्ञा पालन गर्दै आपूmलाई नियन्त्रणमा राखिन् । दिउँसो जङ्गलबाट फर्किदा आमाले एक तिहाइ टोकरी कम भएको र छोरी नजिकै सुतिरहेको देख्नुभयो । यो देखेर बिहानैदेखि काममा रहेकी आमालाई रिस उठ्यो र उनले नखानु भन्दा भन्दै पनि छोरीले धेरै खाएको महसुस गरिन् । आक्रोशित भई आमाले छोरीलाई कुटपिट गरिन् । कुटपिटपछि छोरीको अवस्था देखेर आमाले उनलाई धेरै हल्लाउनु भयो तर त्यतिन्जेल छोरीको मृत्यु भइसकेको थियो । छोरीको यसरी मृत्यु भएको देखेर आमा रोइरहेकी थिइन् । अर्कोतिर साँझपख काफलको टोकरी पुरै भरिएको थियो, महिलाको आँखा टोकरीमा परेपछि दिनको चर्को घाम र गर्मीका कारण काफल ओइलाएर चाँडै ताजा हुँदै गएको बुझिन् । ती आमा धेरै पछुताइन । र, उनको पनि सोही क्षणमा मृत्यु हुनपुग्यो ।

यस घटनापछि प्रत्येक चैतको महिना चरीले ‘काफल पाक्यो मै नाइ चाख्यो’ अर्थात काफल पाके पनि मैले खाएन भन्छ भन्ने विश्वास भारतको उत्तराखण्ड कुमाउ गडवालका मानिसको रहेको छ । साथै यो कथाले काफललाइ मानवको भावनात्मक सम्बन्धसँग जोड्दछ । गर्मी मौसममा पहाडका वन पाखा जताततै काफल पाकेको हुन्छ । अहिले नेपालका अधिकांश वनहरूमा काफल पाकेको छ । यो एउटा प्राकृतिक फल हो । यसको स्वाद निकै नै मिठो र स्वादिष्ट हुन्छ । यसलाई त्यसै वा साँधेर कुटेर पनि खान सकिन्छ । यो बालकदेखि वृद्धा युवा हरेकले मन पराउने फल पनि हो । चिकित्सकहरुका अनुसार काफल एउटा फलमात्र होइन । काफललाई विभिन्न रोगको औषधिको रूपमा पनि प्रयोग गरेको पाइन्छ । काफलमा प्रोटिन, फाइबर, जैविक पदार्थ, कार्बोहाइड्रेटलगायतका पौष्टिक तत्व पाइन्छ । काफलको बोक्रामा एन्टीसेप्टिक गुण पाइन्छ भने यो कफ र ज्वरो नियन्त्रणका लागि पनि लाभदायक मानिन्छ ।

 काफलका फाइदाहरू

– काफलको सेवनले टाउको दुखाई कम हुन्छ ।

– काफलको काँडा बनाएर त्यसमा चिनी वा मिस्री मिसाइ पिउनाले खोकी, दम, हृदयरोगलगायतका समस्याबाट छुटकारा पाउन सकिन्छ

– काफलको सेवनले स्वर राम्ररी खुलाउँछ ।

– काफलले आँखाको ज्योति बढाउने काम गर्छ ।

– काफलको सेवनले अपच र अरुचि हुने समस्याबाट पनि छुटकारा पाउन सकिन्छ ।

– पखाला लागेको बेला काफलको सेवन लाभदायक मानिन्छ ।

– सामान्यतया काफलको बोक्रालाई पिसेर धुलो बनाउने र त्यस धुलोलाई मञ्जनका रुपमा ब्रस गरे दाँतको दुख्ने समस्या काम हुन्छ । साथै दाँत पनि सफा हुन्छ ।

– काफल सेवनले गर्मीमा शीतलता प्रदान गर्छ ।

– काफलको बोक्रालाई तिलको तेलमा पकाएर दुई थोपा कानमा हाल्दा कान पाक्ने र कम सुन्ने समस्याबाट राहत पाउन सकिन्छ ।

– महिनावारीमा गडबडी भएका बेला पनि काफलको सेवन फाइदाजनक छ ।

– शरीरका कुनै बाहिरी अंगमा घाउ भएमा वा चोटपटक लागेमा काफलको धुलोको लेप बनाएर लगाउँदा चाँडै लाभ मिल्छ ।

– काफलको सेवनले पिसाबसम्बन्धी समस्या कम हुन्छ ।

– काफलको सेवनले मृगौलाको समस्या कम हुन्छ ।

प्रतिक्रियाहरु

[anycomment]