कुलेखानी जलाशयको सतह १,५२६ मिटर पुग्यो, चेतावनी साइरन बजाइँदै
काठमाडौँ । लगातारको वर्षासँगै मकवानपुरस्थित कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा पानीको सतह एक हजार ५२६ मिटर पुगेको छ । आइतबार (असोज ११) बिहान ९ः२० बजे जलसतह उक्त तहमा पुगेको कुलेखानी प्रथम जलविद्युत् केन्द्रले जनाएको छ । योसँगै केन्द्रलेसतर्कता अपनाउन आग्रह गरेको छ । जलाशयमा पानीको सतह एक हजार ५२७.०० मिटर पुगेपछि पहिलो चेतावनीस्वरूप साइरन बजाइने केन्द्रले जनाएको छ ।
केन्द्रले सम्बन्धित सबैलाई उच्च सावधानी र सतर्कता अपनाउन तथा उक्त सूचना अरू व्यक्तिसम्म पनि पुर्याएर सबैलाई सुरक्षित राख्न सहयोग गर्न समेत आग्रह गरेको छ ।
