कमजोर कम्युनिस्ट आन्दोलन – हस्तबहादुर के.सी.

२०७१ कार्तिक २४ गते, सोमबार

आजको युग साम्राज्यवाद र र्सवहारा वर्गबीचको भीषण संर्घष्ाको युग हो । यो युगको बारेमा यथार्थ विश्लेषण नगरीकन हामी माओवादी क्रान्तिकारी कम्युनिस्टहरूले नेपाली क्रान्तिलाई अगाडि बढाउन सकिँदैन । त्यसो हुनाले विद्यमान अन्तर्रराट्रय परिस्थितिको बारेमा यस लेखमा विशेष चर्चा गर्ने प्रयत्न गरिएको छ । आज विश्व साम्राज्यवाद भूमण्डलीकरणको अवस्थामा छ । सोभियत संघको विघटन र शीतयुद्धको समाप्ति पश्चात अमेरिका साम्राज्यवादको एकछत्र हैकम र प्रभुत्व तीव्र रूपमा बढाउने अवसर पाएको थियो । सोभियत संघको विघटनको घटनालाई लिएर साम्राज्यवादी दलाल बुद्धिजीवीहरूले साम्यवादको अन्त्य र पुँजीवादी उदारवादको विजयको दुन्दुभी बजाएका थिए । विद्युतीय सूचना-प्रविधिमा भएको तीवं विकास र त्यसमा साम्राज्यवादको कब्जाको कारण भूमण्डलीकरण तथा एकधु्रवीय विश्वव्यवस्थाको रणनीतिको अत्यन्त व्यापक रूपमा प्रचार-प्रसार र विज्ञापन गर्ने काम अगाडि बढाइएको छ । आज पनि विश्वमा आर्थिक, राजनीतिक, सामाजिक, सामरिक र सांस्कृतिक क्षेत्रमा साम्राज्यावादी भूमण्डलीकरणको प्रक्रिया तीव्र रूपमा बढ्दै गएको छ र यस प्रक्रियामा अमेरिकी साम्राज्यवादकै वर्चस्व कायम रहिआएको छ । अमेरिकी साम्राज्यवादद्वारा आफ्नो मुठ्ठी बाहिरका देशहरूमा कथिक व्रि्रोही शक्ति तयार गरी आफ्ना दलालहरूको कठपुतली सरकार बनाउने काम हुँदै आएकोमा त्यसको सिरियामा गम्भीर असफलताको सामना गर्नुपरेको छ र क्रिमियामा पनि त्यही स्थिति देखापरेको छ ।
आज सामान्यतः समग्र युक्रेन र विशेषतः क्रिमिया दुइ साम्राज्यवादी शक्तिहरूको रणनीतिक क्रीडास्थल बन्न गएका छन् यही स्थिति यसरी नै अगाडि बढ्दै गयो भने त्यो अन्तर्विरोधको अन्य ठाउँहरूमा पनि फैलदै जाने सम्भावना प्रबल देखिन्छ । केही वर्षयता अमेरिकी साम्राज्यवादले एसिया प्रशान्त क्षेत्रमा आफ्नो उपस्थितिलाई तीव्र पादैैैगेको छ । त्यसै गर्नुको पछाडि यस क्षेत्रमा चीन, भारत, इन्डोनेसिया जस्ता देशहरूमा तीव्र रूपमा अर्थतन्त्र, जनसंख्या र सैन्य क्षेत्रमा विकासको वेग बढ्दै गएका देशहरूको उपस्थिति र त्यसबाट अमेरिकी साम्राज्यवादमा पैदा भएको भय तथा सन्त्रास आदि कारणले काम गरेका छन् । आज अमेरिकी साम्राज्यवादले एकातिर विश्वका विभिन्न भागहरूमा क्षेत्रीय द्वन्द्व, मुठभेड तथा संर्घष्ाहरूको सामना गरिरहनुपरेको छ भने अर्कोतिर ब्राजिल, रुस, भारत, चीन तथा दक्षिण अप्रिका जस्ता देशहरूको संयक्त उपस्थितिलाई पनि गम्भीरतापूवक हेरिएको छ । अहिले देशहरूले अमेरिकी साम्राज्यवादको टक्करमा नयाँ वित्तीय संस्थाहरू खोल्ने क्रममा चीनमा एसियन स्तरको बैंकको स्थापना गरिसकेका छन् । तर अहिलेसम्म आउँदा अमेरिकी साम्राज्यवादको एकधु्रवीय विश्वव्यवस्था कायम गर्ने रणनीति पूरा असफल सिद्ध भइसकेको छ । चीन विश्वको दोस्रो अर्थतन्त्रको रूपमा विकसित भएको छ । उसले विश्वमा आफ्नो प्रभाव फैलाउँदै लगिरहेको छ । रुस पनि अमेरिकी साम्राज्यवादसँग प्रतिस्पर्धा गर्दै अगाडि बढिरहेको छ । यसरी बहुधु्रवीय प्रतिस्पर्धा एक्काईसौँ शताब्दीको एक महत्वपूण विशेषता बन्दै गइरहेको छ ।
साम्राज्यवादी वित्तीय पुँजी तथा बहुराष्ट्रिय कम्पनीहरूको हैकम विश्वमा निकै व्यापक र तीव्रताका साथ अघि बढिरहेको छ । विश्व बैंक, अन्तर्रााट्रय मुद्रा कोष र विश्वव्यापार संगठनले यसको संयन्त्रको रूपमा काम गरिहेका छन् । आजको विश्वमा आर्थिक, राजनीतिक, सांस्कृतिक र सामरिक सबै क्षेत्र वित्रीय पुजी र साम्राज्यवादी भूमण्डलीकरणको बाहुपाशमा लपेटिएका छन् । नव उदारवादी मान्यताअनुसार वित्तीयकरणको प्रक्रियालाई तीव्र पार्दै लैजाने र विश्वमा आफ्नो हैकम र नियन्त्रणलाई बलियो बनाउने उद्देश्यका साथ अघि बढिरहेको अमेरिकी साम्राज्यवाद आजसम्म आइपुग्दा आफै गम्भीर आर्थिक संकटमा फसेको छ । संसारको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश मानिने संयुक्त राज्य अमेरिका आज आर्थिक दृष्टिले गम्भीर संकटमा फस्न पुग्नु र अमेरिकामा पैदा भएको यस संकटले युरोपलाई समेत गम्भीर रूपमा आफ्नो बाहुपासमा लियो र तेस्रो विश्वका कैयौँ मुलुकलाई पनि प्रभावित तुल्यायो । अमेरिकी अर्थतन्त्रमा यस प्रकारले संकट पैदा हुनुका पछाडि कैयौँ कारणहरूले काम गरेका छन् । यस सर्न्दर्भमा मुख्यतः मुनाफाकेन्द्रित उत्पादन तथा अराजकता, आवसीय संरचना तथा सैन्यविस्तार लगायतका अनुत्पादक क्षेत्रमा बढ्दै गएको लगानी, वित्तीय क्षेत्रको उत्पादनस्रोतको सम्बन्ध विच्छेदजस्ता कारणहरूलाई लिन सकिन्छ । यो संकट विश्व साम्राज्यवादको संकट हो र यस संकटबाट साम्राज्यवाद मुक्त हुन सक्तैन । तथापि अमेरिकी साम्राज्यवादको सारा प्रयत्न वित्तीय पुँजीको विकास, मुनाफा, भूमण्डलीकरण आदिमा केन्द्रित हुने कुरा स्पष्ट छ ।
अमेरिकी साम्राज्यवादको लक्ष्य विश्वभरि आफ्नो साम्राज्य फैलाउनु रहेको छ । त्यसको लागि उसले चीन लगायतका मुलुकलाई घेराबन्दीमा पार्ने, विश्वमा साम्राज्यवाद विरोधी राष्ट्रिय मुक्ति आन्दोलन र जनवादी तथा समाजवादी आन्दोलनलाई दबाउने, वित्तीयकरणको प्रक्रियालाई विश्व्यापी बनाउने र एउटै साम्राज्यवादी राजनीतिक विश्वको निर्माण गर्ने राण्नीति अवलम्वन गर्दै आएको छ ।
सैन्य क्षेत्रमा सबैभन्दा बढी खर्च गर्ने देश अमेरिका हो । विश्वभरि १५० जति देशहरूमा विशाल संख्यामा अमेरिकी सैन्य अखडा रहेका छन् । यसबाट एकातिर विश्वमा अमेरिकी साम्राज्यवादको युद्धपिपासु चरित्र उदाङ्गा बन्दै गएको देखिएको छ भने अर्कोतिर त्यसले गम्भीर प्रकारको आर्थिक संकट झेल्दै जानुपरेको छ र अमेरिकाको आर्थिक वृद्धिदर अत्यन्त सुस्त गतिमा रहेको छ । बेरोजगारी समस्या विकराला बन्दै गइरहेको छ ।
अतः साम्राज्यवादी देशहरूमा मुख्यतः संयुक्त राज्य अमेरिकामा गम्भीर प्रकारको वित्तीयकरणको संकटले आफ्नो भीषण फणा फुलाइरहेको छ । आज अेमरिका व्यापार असन्तुलन आदिका कारण प्रतिवर्षठूलो ऋणमा फस्दै गएको छ र अहिले त्यषे करिब ६ सय अर्ब डलर ऋणमा डुबेको छ ।
दक्षिण एसियाली क्षेत्रमा भारतीय विस्तारवादी उत्पीडन बढ्दै गएको छ र भाजपा जस्तो साम्प्रदायिकतावादी शक्ति सरकारमा आएको छ । यसबाट एकातिर त्यसको नेपालमा थप नकारात्मक प्रभाव पर्ने र अर्कोतिर यस क्षेत्रमा अमेरिकी साम्राज्यवादको प्रभाव झनै फैलने सम्भावना देखिन्छ ।
दक्षिण एसियाली क्षेत्रका मुलुकहरू भारतीय विस्तारवादी हस्तक्षेपका सिकार हुँदै आएका छन् र नेपालमा त्यसप्रकारको हस्तक्षेप बढ्दै गएको छ । भारतमा तीव्र दमन अभियानका बीचमा त्यसको प्रतिरोध गर्दै भाकपा -माओवादी)द्वारा सशस्त्र क्रान्तिलाई जारी राख्दै आउने काम भएको छ । भूराजनीतिक अवस्थाबाट नाजायज फाइदा उठाउँदै विश्व साम्राज्यवाद र विस्तारवादद्वारा नेपाललाई आफ्नो स्वार्थमा प्रयोग गर्ने कसरत हुँदै आएको छ । त्यसबाट नेपाल र छिमेकी मुलुकका निम्ति आ-आफ्नो देशको राष्ट्रिय स्वाधीनताको रक्षाको प्रश्नमा गम्भीर प्रकारको चुनौती खडा हुन गएको छ ।
नेपालका सच्चा क्रान्तिकारीहरूले लामो समयदेखि विश्वको प्रधान अन्तर्विरोधको रूपमा साम्राज्यवाद र उत्पीडित राष्ट्रहरूका राष्ट्रहरूबीचको अन्तर्विरोधलाई अङ्गीकार गर्दै आएका छन् र यो कुरा वर्तमानका सर्न्दर्भमा पनि सही नै रहेको छ । आज पनि अन्तर्रराट्रय कम्युनिस्ट आन्दोलन कमजोर नै रहेको छ । नेपालमा पैदा हुन पुगेको नव संशोधनवादी विचलन, आर.सी.पी. अमेरिकामा देखापर्दै आएको विर्सजनवादी चिन्तन र अन्य पक्षको पनि आवश्यक पहलको अभावमा क्रान्तिकारी अन्तर्रराट्रयतावादी आन्दोलन मृतप्रायः अवस्थामा रहिआएको छ । यस स्थितिमा नयाँ ढंगको अन्तर्ररााट्रय कम्युनिस्ट आन्दोलनलाई संगठित गर्ने दिशामा सच्चा क्रान्तिकारी कम्युनिस्टहरूले पुनः पहलकदमीको थालनी गर्न जरुरी भइसकेको छ ।
भारतमा भारतीय कम्युनिस्ट पार्टीाओवादी तथा भारतीय कम्युनिस्ट पार्टीीनक्सलवादी) का बीचमा पार्टीीकीकरण केही महिना पहिले सम्पन्न भएको छ र यसले दक्षिण एसियाली क्षेत्रमा नयाँ गति तथा क्रान्तिकारीहरूमा थप उत्साह प्रदान गरेको महसुस गरिएको छ ।
विश्व साम्राज्यवादको विरोध र वैज्ञानिक समाजवादको पक्षमा विश्वमा बौद्धिक, राजनीतिक र सांस्कृतिक क्षेत्रमा समेत विभिन्न पहल र गतिविधिहरू हुँदै आएका छन् । यी विषयहरूलाई एउटा महान् बहसका रूपमा सञ्चालन गर्न जरुरी छ ।
वर्तमान विश्व परिस्थितिका सर्न्दर्भमा माथि जुन विषयहरूका बारेमा चर्चा गरियो, तिनका आधारहरूमा समेत के भन्न सकिन्छ भने आज विश्वका विभिन्न प्रकारका अन्तर्विरोधहरू विद्यमान छन् । विश्वमा विद्यमान अहिलेका ती आधारभूत अन्तर्विरोधहरूलाई निम्न अनुसार चर्चा गर्न सकिन्छ –
१) साम्राज्यवाद र उत्पीडित राष्ट्रहरूका बीचको अन्तर्विरोध ।
२) पुँजीवादी साम्राज्यवादी देशहरूमा पुँजीपतिवर्ग र र्सवहारा वर्गका बीचको अन्तर्विरोध ।
३) साम्राज्यवादी देशहरूका बीचमा विद्यमान अन्तर्विरोध आदि ।
अब हामी के निष्कर्षा पुग्न सकिन्छ भने उपर्युक्त प्रकारका अन्तर्विरोधहरूमा विश्वमा साम्राज्यवाद र उत्पीडित राष्ट्रहरूका बीचको अन्तर्विरोध लामो समयदेखि प्रधान अन्तर्विरोधका रूपमा क्रियाशील रहिआएको छ र अहिले पनि त्यही नै विश्वको प्रधान अन्तर्विरोध हो । अमेरिकी साम्राज्यवाद नै वर्तमान विश्वको प्रधान दुस्मन हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु