आज लिगलिगे दौड

२०८३ आश्विन २९ गते, बिहीबार


काठमाडौँ । गोरखामा आज । ऐतिहासिक लिगलिगे दौड हुने भएको छ। यस अवसरमा पालुङटार नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ । लिगलिगे दौड ऐतिहासिक, सांस्कृतिक तथा पर्यटकीय पहिचानसँग पनि जोडिएको छ । नगरपालिकाले सबै संघसंस्था, खेलाडी तथा सरोकारवालालाई दौडमा सक्रिय रुपमा सहभागी हुन पनि आह्वान गरेको छ ।
गोरखाको लिगलिगकोटमा प्रचलित लिगलिगे दौड राजा छनोट गर्ने ऐतिहासिक परम्परासँग जोडिएको छ । ऐतिहासिक जनश्रुतिअनुसार, दौडमा सबैभन्दा पहिले निर्धारित गन्तव्यमा पुग्ने व्यक्ति राजा बन्ने व्यवस्था थियो ।
यही परम्परासँग जोडिएर द्रव्य शाहले वि.सं. १६१६ (सन् १५५९) मा लिगलिगकोटमा आफ्नो सत्ता स्थापित गरेको इतिहास उल्लेख गरिन्छ । पछि उनले गोरखा राज्यको स्थापना गरे । लिगलिगे दौड अहिले ऐतिहासिक परम्पराको संरक्षण, स्थानीय पहिचानको प्रवर्द्धन र खेल पर्यटन विकास गर्ने उद्देश्यले आयोजना गरिँदै आएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु