दशैँ पर्यटन तथा सांस्कृतिक महोत्सव सुरु
काठमाडौँ । महिला पर्यटन व्यवसायी मञ्चको आयोजना र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवद्धनमा पोखरामा आजदेखि दशैँ पर्यटन तथा सांस्कृतिक महोत्सव आयोजना हुँदैछ।
पोखराको लेकसाइडस्थित बाराहीघाट मैदानमा हुने महोत्सवमा सांस्कृतिक विविधता, स्थानीय जीवनशैली, मौलिक खाना, कला र परम्परागत पिङलगायतका कार्यक्रम समावेश गरिएको मञ्चकी अध्यक्ष ममता न्यौपानेले जानकारी दिए।
यसैअन्तर्गत विदेशी पर्यटकलाई दसैँको टीका र जमरा लगाएर नेपाली परम्पराबारे जानकारी दिइनेछ। बिहान साढे १० बजे खहरे चोकदेखि बाराहीघाटसम्म सांस्कृतिक झाँकीसहितको र्याली समेत निकालिने छ। महोत्सवमा पर्यटकलाई टीका लगाउने कार्यक्रमका साथै विभिन्न खेलकुद र सांस्कृतिक प्रस्तुतिहरू पनि रहनेछन्।
