हामी कति सहनशिल – युवराज सफल
आज हाम्रो देश नेपालमा अनेक खालका समस्याहरु प्ौदा भएका छन् । आम नेपाली नागरिकहरु ती समस्याहरुलाई टुलुटुलु हेरेर बस्न विवश भएका छन् । जति सुकै चरम अवस्था सिर्जना भए पनि नागरिक स्तरमा त्यसको विरोध भएको र विरोधमा कुनै कार्यक्रम भएका प्रमाण आजसम्म देखिनु त परको कुरा सुनिएको समेत छैन । देशमा जतिसुकै अन्याय अत्याचारको सिमा बढेपनि आम नागरिकले त्यसको संगठित रुपमा प्रतिवाद गरेको देखिँदैन । यसवाट हामी नेपाली नागरिक हौँ कि या अरु नै कोही हौँ भन्ने गम्भीर प्रश्न खडा गरेको छ । संसारमा आज हामी सबैभन्दा बढी सहनशिल नागरिकको रुपमा गनिएका छौँ । सहनशिल बन्नलाई हामीेले देशमा समाजमा जे भएपनि आँखा चिम्लिएका छौँ ,कान बन्द गरेका छौँ र मुख पनि बन्द गरेका छौँ । आफ्नो हर समस्यालाई बिर्सदैँ हामी सबै आज यस्तो सहनशिल बनिरहेका छौँ कि थाहा छैन यस्तो सहनशिल बानी हाम्रो लागि कत्तिको फलिफाप सिद्व हुने हो ।
हरेक कुराको हद हुन्छ सिमा हुन्छ तर किन यति धेरै सहनशिल भई रहेका छाँै हामी – आज आफैँले आफैँलाई प्रश्न सोध्ने बेला भएको छ । आफैँ प्रति निर्मम र कठोर रुपमा प्रस्तुत हुने बेला भएको छ । सधैँ सहनशिल भएर बस्दा बस्दा आज आफ्नो जिन्दगीका हर खुसीहरुलाई तिलाञ्जली दिन पर्ने अवस्था सिर्जना हुन लागेको छ साथै जिन्दगीलाई अगाडि बढाउन समेत हम्मे हम्मे परेको छ । दैनिक जीवनम ठप्प भएको छ । हाम्रो आँखै अगाडि कत्रा कत्रा समस्या र चुनौति आउँदा पनि हामीहरु मुख खोल्न सकिरहेका छैनौँ । जे हँदा पनि चुपचाप सहेर बस्न हामीलाई बानी परिसकेको छ । चुपचाप सहेर बस्नुलाई नै हामी आफ्नो महानता र गर्वको अनि प्रतिष्ठा भएको विषय ठान्दछौँ । हामी अन्याय सहनुलाई गौरव ठान्छौँ ,पीडा र समस्याको मौन भोगाईलाई बहादुरी ठान्छौँ । अँह अन्याय अत्याचारको विरुद्वमा एक शव्द बोल्न जरुरी ठान्दैनौँ ।
विगत देखि हेदा हाम्रो देशमा विभिन्न घटना घटदा हामीले संगठित रुपमा कुनै प्रतिक्रिया दिन सकेनौँ । न त प्रतिवाद गर्न सकेका थियौँ न त त्यसको र्समर्थन नै गर्न सक्यौँ । न यता न उताको अवस्थामा हामी बस्न थाल्यौँ । खासमा हामीले अवसरवादी र ढुलमूले चरित्र देखाई रहेका थियौँ र आफूले आफैँलाई महान ठानिरहेका थियौँ । विभिन्न कालखण्डमा हामी नेपाली सहनशिलता बढी भएर व्रि्रन थाल्यौँ । हरेक घटना तथा परिघटनालाई सही रहने बानीको कारण आज देशले विकराल समस्याको सामना गर्नु परेको छ ,असफलताको हविगत बेहोर्नु परेको छ ।
साचो अर्थमा भन्नुपर्दा सहनशिलता हाम्रो पहिचान भएको छ यतिखेर ,सहनशिलता परिचय भएको छ यतिखेर ,सहनशिलता आत्मगौरव र आत्मसम्मान भएको छ यतिखेर । नराम्रो कुराहरु पहिल्याएर त्यसको प्रतिकारमा उत्रन हामी सदा र्सवदा चुकिरहेका छौँ ,अन्याय अत्याचारको अगाडि सदा र्सवदा झुकिरहेका छौँ । अनगिन्ती समस्याको चाङ्भित्र भित्रै हामी लुकिरहेका छौँ । कतैतिरवाट पनि त्यसको विरुद्वमा संगठित रुपमा आवाज बुलन्द भएको पाइएको छैन । हामीले बोल्ने आवाज कता कता दविएको भासिएको प्रतित भईरहेको छ यतिबेला । हाम्रा साहस कता कता गुमेको होकि भन्ने आभास पनि हुन थालेको छ । हामीले केही नभनी चुपचाप बस्नाले नै अन्याय अत्यचार गर्नेहरुको मनोवल ुबढेको हो कि भन्ने पक्षमा समेत बलियो मत आउन थालको छ । यदि हामीले बेलैमा त्यसको प्रतिवाद गर्न सकेको भए गरेको भए आज यो अवस्थाको सामना गर्न पर्दैनथ्यो कि भन्ने पनि यदाकदा सुनिन थालेको छ । अत विगत देखि आजको दिनसम्म आम नेपाली नागरिकले भोगेका विभिन्न घटनाक्रम र हामीले देखाएका सहनशिलताको बारेमा संक्षेपमा चर्चा गर्दा सान्दर्भिक र्ठहला ।
यत्रो वर्षम्म संविधान नबन्दा पनि मौन :
जनआन्दोलनपछि बनेको तत्कालीन सरकारमा रहेका मन्त्री तथा अन्य नेताहरुले अब नेपाली नागरिकलाई अविलम्व नयाँ संविधान दिने बताएका थिए । देशलाई नयाँ संविधान दिने ,अनि विकास र समृद्विको दिशामा अगाडि बढाउने उनीहरुको बाचा रहको थियो । जतिसक्दो चाँडो जनताको संविधान बनाउने भन्दै उनीहरुले संविधान सभाको पहिलो निर्वाचन पनि गराए । पहिलो संविधान सभामा रहँदा बैठक ,छलफलको नाममा करोडौँ रुपैयाँ झवाम पारे । सहमति सहकार्य र एकतालाई मूलमन्त्र बनाउछौँ भन्दै असहमति ,टुटफूट र अनेकतालाई जोड दिदैँ कार्य गर्न थाले । कुनै पनि समस्यालाई शान्तिपूण् र्,तर्कपूण तरिकाले समाधान गर्न भन्दा पनि त्यसलाई बल्झाउन तिर हाम्रा नेताहरु लागि परे र अन्तत दुइ वर्षाा बनाउने भनिएको संविधान चार वर्षा समेत बन्न सकेन । राजनीतिक पार्टी नेताहरु त्यत्रो असफल हँुदा र संविधान नदिदाँ पनि हामीले सडकमा उत्रेर तिनका विरुद्वमा खवरदारी गर्न उपयुक्त ठानेनौँ । उनीहरुले गरेको गद्वारी र वेइमानीका विरुद्वमा आवाज उठाउन कत्ति पनि आवश्यक ठानेनौँ । हामीले आफू नेपाली नागरिक भएको कुरा बिर्सेे थियौँ या त बुझेर पनि बुझ पचाई रहेका छौँ ।
यता फेरि संविधान बनाउन भन्दै बहालवाला प्रधान्ान्याधिशको नेतृत्वमा गैर दलीय सरकार बनेर सेना परिचालन गरी गरी युद्वको शैलीमा कथित निर्वाचन गराउदा समेत आफूलाई सचेत नागरिक हँु भनेर चिनाउन चाँहने तप्काले केही प्रतिवाद गरेन । अझ रमाईलो कुरा त नेपाली नागरिकलाई माघ ८ भित्र संविधान दिन्छौँ भनी राज्यकोषवाट करोडाँै लुट्ने बैधानिक डाकाहरुले संविधान दिन नसक्दा पनि हामी कोही नेपालीले संगठित र व्यवस्थित रुप्ामा केही कदम चाल्न सकेनौँ । हामी यति सहनशिल भयौँ कि त्यसको कुनै सिमा छैन । हामी सहनशिल भएकै कारण फेरि पनि संविधान नबनाउन उनीहरुलाई सजिलो भएको छ । चार चार वर्षम्ममा पनि संविधान बनाउन नसक्ने राजनीतिक पार्टीीई घण्टौँ लाइनमा बसेर मतदान गर्ने पनि हामी नेपाली नै हौँ । संविधानको नाममा यत्रो वर्षबिताउदैँ संविधान दिन नसक्दा चुपचाप बस्ने हाम्रो कस्तो सहनशिलता हो यो – अचम्म छ ।
ग्याँस तथा प्रेटोलियम पदार्थको हाहाकार हुदा पनि मौन
आज नेपाली वजारमा खाना पकाउने ग्याँसको चरम हाहाकार भएको छ । ग्याँसको अभावमा आम नागरिक भोकै बस्न विवश भएका छन् । उनीहरुको घरको चुल्होमा आगो बल्न सकिरहेको छैन । यत्रो समय वित्दा पनि सरकारले आम र्सवसाधरणलाई खाना पकाउने ग्याँस दिन सकेको छैन । न त कालोवजारी गर्नेहरुलाई नै कार्वाही गर्न सकेको छ न त कालाधन्दाको नालीवेली नै पत्ता लगाउने कोशिस गरेको छ । तर पनि हामी सहनशिल भएर बसेका छौँ । ग्याँसको हाहाकार हुदा पनि हामीले कहिल्ो किन यस्तो भयो भनेर सोध्ने हिम्मत र आँट गरेनौँ । खाली हामी सहेर मात्र बसी रह्यो । सहनुलाई नै आफ्नो धर्म ठान्यौँ । त्यस्तै प्रेटोलियम पदार्थको अभावमा घण्टौँ लाइन वसेर पनि समयमा नपाउदा पनि हामी मौन नै बसेका छौँ । प्रेटोलियम पदार्थमा कालोवजारी हुदा पनि हामी चुपचाप बसेका छौँ । कालबजारी गर्नेहरुलाई कार्वाही गराउन हामी एक शब्द बोल्न सक्दैनौँ । किन ग्याँस तथा प्रेटोलियम पदार्थको हाहाकार भयो ,यसको समाधान गर्ने उपाय के छ भनी हामी सम्बन्धित निकायमा कहिले सोध्दैनौँ । जब राती बूढी ताति भनेझैँ हामी जतिखेर पर्छ त्यतिखेर पीडा महशुस गर्दछौँ तर कहिले पनि संगठित रुपमा गलत कार्यको विरोधमा उत्रदैनौँ खालि सहनशिल भएर मात्र बस्दछौँ ।
र्सार्वजनिक यातायातमा मनपरि हुदा पनि मौन :
दैनिक रुप्ामा हामीले यात्रा गर्ने र्सार्वजनिक यातायातमा समेत आज मनपरितन्त्र हावी भएको छ । यातायातमा सिण्डिकेटिय प्रणाली कायम छ । सिण्डिकेटको कारण स्वस्थ प्रतिस्पर्धा हुन सकि रहेको छैन । माफियाहरुको कारण समस्या आईरहेको छ । र्सार्वजनिक यातायातका सहयोगीहरुले यात्रुलाई गुन्द्रुक झैँ अर्टाई नअर्टाई खाँदी रहेका छन् । क्षमताभन्दा बढी यात्रु कोचिरहेका छन् । मनोमानी भाडा असुली रहेका छन् । यात्रीहरुको सुरक्षा र अधिकारमा चुनौति दिइ नै रहेका छन् । यात्रुहरुको आत्मसम्मानमा ठेस पुर्याई रहेका छन् । तर पनि हामी क्षमता भन्दा बढी यात्रु चढाउँदा पनि मौन बसिरहेका छौँ । सहनश्ािल भएका छौँ । हामी त्यसको विरुद्वमा एक शव्दपनि बोल्दैनौँ बरु लुरु लुरु त्यस्तै गाडीमा यात्रा गर्दछौँ ।
भ्रष्टाचार ,बेरोजगार र महंगी समस्या बढ्दा पनि सहनशिल:
देशमा आज भ्रष्टाचार ,बेरोजगार र महंगीका समस्या चरम रुपमा बढेको छ । भ्रष्टाचारीहरु कसरी थैलो भर्न सकिन्छ भन्ने धन्दामा लिप्त भएका छन् । उनीहरुको ध्यान केवल अकुत सम्पत्ति कमाउन सकिन्छ भन्ने तिर मात्र गएको छ । यता देश बेरोजगार समस्याले चरम रुपमा थला परेको छ । लाखौँ नेपाली युवाहरु व्ोराजगारको शिकार भएका छन् तर पनि यहाँ हामी चुपचाप छौँ । एउटा पनि बेरोजगार युवाले रोजागारी पाउन संगठित रुपमा आवाज उर्ठाई रहेका छैनौँ । त्यस्तै महंगीले शिखर नाघेको छ तर पनि हामी नेपाली महंगीको विरोधमा एक शव्द निकाल्न सकिरहेका छैनौँ । केवल चुपचाप महंगीको सामना गरिरहेका छौँ । भ्रष्टाचार ,बेरोजगार र महंगीको विरुद्वमा हामी सशक्त रुपमा उत्रन सकिरहेका छैनौँ । केवल सहनशिल भई रहेका छौँ ।
निश्कर्षा
हामी नेपाली हौँ । सायद हामी जति सहनशिल व्यक्ति विश्वभरिनै पाइँदैन । हाम्रो यही सहनशिलताको कारण नै आज हामी निरिह भएका छौँ । जसले जे गरेपनि चुपचाप बसिरहेका छौँ । सहनशिल भएकै कारण आज भएका हरेक अन्याय अत्याचारको भागिदार बनिरहेका छौँ । अत हामी अब चाहिने भन्दा बढी सहनशिल हुन हुदैन । आफूलाई समय परिस्थिति अनुसार परिवर्तन गर्दै लैजानु पर्छ ।
राम्रो कुराको स्वागत र नराम्रो कुराको विरोध गर्न सक्न पर्छ । अन्याय अत्याचारलाई सहने बानीको विकास गर्नु आफैँमा आत्मघाती कदम हो । यो बानीले अन्तत हामीलाई नै पतनको संघारमा लग्दछ । तर्सथ हामी नेपालीले आवश्यकताभन्दा बढी सहनशिल बन्ने बानीमा आजकै मितिदेखि सुधार ल्याउन पर्दछ । यदि बेलैमा सुधार ल्याउन सकेनौँ भने हामी बाँच्दा बाँच्दै पनि मर्ने छौँ । अन्तत आफैँ सिद्विने छौँ , रसातलमा पुग्ने छौँ । हामीले हरेक कुरालाई सकारात्मक र नकारात्मक कोणवाट व्याख्या विश्लेषण र चिन्तन गर्न सक्न पर्दछ । अझ त्यसलाई वैज्ञानिक ढंगवाट हेन सक्न पर्दछ र त्यसको समाधान पनि वैज्ञानिक तवरवाटै गर्न पर्दछ ।
– अध्यक्ष नेपाल गणतान्त्रिक जनता पार्टी तथा संयोजक नेपाली नागरिक मोर्चा