होचालाई पेन्सन
काठमाडौँ । भारतको राजस्थान सरकारले होचा व्यक्तिलाई विशेष मान्यता दिंदै पेन्सनको व्यवस्था गर्ने भएको छ । कम उचाई भएका मानिसले समाजको उपेक्षा र तिरस्कार सहनुपरेको भन्दै सरकारले उनीहरूलाई विशेष व्यक्तिको मान्यता दिंदै सुविधा दिन लागेको हो ।त्यसका लागि सरकारले उचाई निर्धारण गरेको छ । तीन फिट ६ इन्च भन्दा कम उचाई भएका वयस्क मानिसलाई विशेष व्यक्तिको मान्यता सहित पेन्सन दिइनेछ । यसका लागि मान्यताप्राप्त चिकित्सकले उचाई प्रमाणित गरेको कागजात पेश गर्नुपर्नेछ । यस्तै अपाङ्गता भएका आठवर्षन्दा कम उमेरका बालबालिकालाई पनि उनीहरूको स्थितिका आधारमा पेन्सन दिइने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यस्ता बालबालिकालाई हरेक महिना २ सय ५० रूपैयाँ प्रदान गरिनेछ ।