एक लिटर दुधलाई २ हजार !

२०७२ श्रावण १६ गते, शनिबार

काठमाडौँ । भारतको आन्ध्र प्रदेशको तटीय क्षेत्रमा हाल गधाको दुध प्रतिलिटर दुई हजार भारतीय रुपैयाँमा बिक्री हुने गर्दछ । धेरै महँगो मूल्य तिर्दा पनि ग्राहकहरूले चाहेजति पाउन सकिरहेका छैनन । गधाको दुध लिन ग्राहकहरूले घन्टौं लाइन बस्ने गर्छन । आन्ध्र प्रदेशको तेलंगाना र तटीय क्षेत्रमा राज्यका बजारहरूमा उत्तरी तेलंगानाबाट गधाहरूको झुन्डसहित ल्याएर एक समुहले दुध उच्च मूल्यमा बेच्ने गरेका हुन् ।
दुध बेच्नेहरूका अनुसार गधाको दुध नवजात शिशुहरूको स्वास्थ्यका लागि सर्वोत्तम पोषण दिने खालको छ । चार परिवारका २० जना १५ जोडी गधाका साथ तेलंगानाका अदिलाबाज जिल्लाबाट तटीय क्षेत्रमा आएका छन् ।
चिकित्सकहरूका अनुसार महिलाको स्तनबाट प्राप्त हुने दुधमा भन्दा गधाकोमा ल्याक्टोस धेरै बढी हुन्छ । कस्मेटिक प्रडक्टहरूमा समेत प्रयोग गरिन्छ । विश्वकै महँगा डेरी उत्पादनहरूमा पनि गधाको दुध प्रयोग गरिएको हुन्छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु