निन्द्रामा ९ किलोमिटर हिंडेपछि…

काठमाडौँ । अमेरिकामा एकजना युवतीले निन्द्रामा ९ किलोमिटर हिँडेर सबैलाई चकित पारेकी छिन् । फ्लोरिडा मूल घर भएर अर्बदामा बस्ने १९ वर्षीय टेलर गमेल घरमा सुतिरहेको बेला एकाएकर हराएपछि आफन्तहरुले प्रहरीमा खबर गरेपछि प्रहरीले उनको खोजीसमेत गरेको थियो । तर, पछि प्रहरीले उनी सकुशल आफ्नो काकाको घरमा रहेको खबर सार्वजनिक गरेपछि निन्द्रामा नै उनले ९ किलोमिटर दूरी तय गरेको बुझिएको थियो । प्रहरीको अनुसन्धानमा टेलर निन्द्रा अवस्थामा नै घरबाट निस्केर बसमा चढेको र त्यहाँबाट काकाकोमा पुगेको थाहा भयो । प्रहरीले टेलरको यो बिमारीका कारण शहरमा अलर्ट नै जारी गरेका छन् । टेलरका आफन्तहरुका अनुसार, उनलाई निद्राको कुरा केही पनि सम्झना हुन्न । उनी स्लिप वाक बिरामीबाट पीडित रहेकोले समस्या भएको समेत परिवारले बताएका छन् । – एजेन्सी ।