ठगको सम्पत्ति १५ खर्ब ४० अर्ब !

२०७२ पुष ११ गते, शनिबार

काठमाडौँ । भारतमा एकजना यस्तो ठग फेला परेको छ जसले ठगेर नै १५ खर्ब ४० अर्ब सम्पत्ति जम्मा पारेको छ । उसले आफ्नो नाममा ३ हजार ७८ वटा त बैंक खाता नै खोलेको छ । उसको नाममा ७ सय एक्कड जमिन र डेढसय वटा कार छन् । यस्तो धनाढ्य ठगको नाम हो गौतम कुन्डु । रोज भ्याली ग्रुप नामको कम्पनीका प्रमुख रहेका गौतमले बैंक खाता तथा सम्पत्ति लगायतका बारेमा जाँचबुझ गर्दा इन्फोर्समेन्ट निर्देशनालयले यस्तो तथ्य पत्ता लगाएको हो । अहिले ठगीका विभिन्न मामिलामा गौतममाथि छानविन भैरहेको छ र उनी जेलमा छन् । गएको हप्तामात्रै सर्वाेच्च अदालतमा आपूmलाई जमानतमा रिहा गर्नका लागि उनले दिएको निवेदन भारतको सर्वाेच्च अदालतले खारेज गरिदियो । उनी कुख्यात मुद्रा निर्मलीकरणका अपराधी रहेको र उनको विषय देशको अर्थतन्त्र र राष्ट्रिय स्वार्थ सँग जोडिएको अदालतले जनाएको छ । उनी गएको मार्च महिनामा पक्राउ परेका थिए । भारतका विभिन्न १२ वटा राज्यमा उनको सम्पत्ति रहेको खुलेको छ । उनका विभिन्न ठाउँमा गरी २३ वटा होटल समेत छन् । उनका डेढ सय कारमध्ये कतिपय त विदेशबाट मगाएका लग्जरी महंगा कार छन् । अहिलेसम्मको अनुसन्धानले उनको नाममा ७ सय एक्कड जमिन रहेको कुरा खुलेपनि उनीसँग १ हजार एक्कडसम्म जमिन रहेको अनुमान गरिएको छ । उनको कम्पनी रोज भ्याली ग्रुपले पछिल्ला केही वर्षमा मात्रै १५ खर्ब ४० अर्ब सम्पत्ति कमाएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु