८४ वर्षमा विवाह !

२०७२ फाल्गुन २२ गते, शनिबार

काठमाण्डौ ,२२ फागुन । चर्चित संचार उद्यमी रुपर्ट मर्डोकले अभिनेत्री तथा मोडल जैरी हालसँग लण्डनमा विवाह गरेका छन् । ८४ वर्षीय मर्डोकको यो चौथो विवाह हो । ५९ वर्षीया जैरी हालले सन् १९९२ मा बालीमा सर मिक जेगरसँग विवाह गरेकी थिइन् । जसलाई पछि कानुनी मान्यता दिइएको थिएन ।
अस्ट्रेलियामा जन्मिएका मर्डोक हाल अमेरिकी नागरिक हुन् । उनले एक ट्वीटमा लेखेका छन्–म यो संसारको सबैभन्दा भाग्यशाली र प्रसन्न व्यक्ति हुँ । मर्डोक न्युज युके कम्पनी द टाइम्स र द सन पत्रिका प्रकाशन गर्ने गर्दछ ।
प्रतिष्ठित पत्रिका फोर्ब्सका अनुसार न्युज कर्पोरेशनका कार्यकारी अध्यक्ष मर्डोक र उनको परिवारको गत वर्षसम्मको कुल सम्पत्रि ११.२ अर्ब डलर थियो ।
मर्डोकले यसअघि पैट्रिसिया बुकर, ऐन्ना टोर्भ र भेन्डी डेंगसँग विवाह गरेका थिए । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]