हिरा चोरेको प्रायश्चित गर्न भिक्षु !

२०७२ चैत्र ५ गते, शुक्रबार

काठमाडौं, ५ चैत । साउदी राजपरिवारको बहुमूल्य हिरा चोरेका एक व्यक्ति हालै भिक्षु बनेका छन् । थाइल्याण्डका क्रियाङ्गक्राई तेचामोङ्ग हालै भिक्षु बनेका हुन् । उनले तीन दशक अघि साउदी राजपरिवारको हिरा चोरेका थिए । चोरिएको हिराको मूल्य करिब २० मिलियन डलर रहेको छ ।
क्रियाङ्गक्राईले सन् १९९८ मा साउदी अरबको राजपरिवारको एक महलबाट सो हिरा चोरेका थिए । उनी त्यहाँ मालीका रुपमा कार्यरत थिए । ५० क्यारेटको निलो हिराका साथ अन्य केही गहना पनि चोरिएको थियो । केही गहना फेला परे पनि उक्त हिरा भने अहिलेसम्म फेला परेको छैन ।
चोरीको आरोपमा उनलाई पक्राउ समेत गरिएको थियो । चोरीबापत उनले जेल सजायसमेत भोगिसकेका छन् ।
क्रियाङ्गचाईलाई उद्धृत गर्दै एएफपी समाचार एजेन्सीले जनाएअनुसार चोरीपछि उनको परिवार निकै संकटमा पर्‍यो । आफ्नो कर्मकै कारण परिवारमाथि धेरै दुःख र कष्ट आएको क्रियाङ्गचाईले बताए ।
स्थानीय अखबारसँग कुरा गर्दै उनले भने, ‘मलाई विश्वास छ, म र मेरो परिवारमाथि आएको विपत त्यही निलो हिरा चोरी कै कारण मैले पाएको श्रापकै परिणाम हो, त्यसैले आफ्नो नराम्रा कर्मका लागि प्रायश्चित गर्न बाँकी जीवन भिक्षुका रुपमा बिताउने निधो गरेको हुँ ।’ – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कोपेनहेगन विश्वकै उत्कृष्ट शहर !

२०८२ श्रावण ५ गते, आईतवार

रोबोट्याक्सी सार्वजनिक

२०८२ असार ९ गते, सोमबार

२५ करोड मौरी भागेपछि . . .

२०८२ जेष्ठ १९ गते, आईतवार