इरानमा महिलाले राष्ट्रपतिको उम्मेदवार बन्न नपाउने
काठमाडौँ । -इरानमा आउँदो जुन १४ मा हुने राष्ट्रपतीय निर्वाचनमा महिलाले उम्मेदवारी दिन नपाउने भएका छन् । संवैधानिक निकाय गार्जियन काउन्सीलका धार्मिक सदस्य मोहम्मद याज्दीले संविधानले नै महिलालाई राष्ट्रपतिको उम्मेदवार हुन रोक लगाएको तर्क गर्दै कुनै पनि महिला चुनावमा सहभागी हुन नपाउने बताएका हुन् । राष्ट्रपति निर्वाचनका लागि ३० जना महिलाले आफ्नो उम्मेदवारी दर्ता गरेका थिए । अर्धसरकारी समाचार संस्था मेहर न्यूजका अनुसार याज्दीले कानुनले महिलालाई राष्ट्रपतिको उम्मेदवारमा स्वीकार नगर्ने र मतपत्रमा महिलाको नाम उल्लेख गर्ने अनुमति नभएको बताएका छन् । इरानमा महिलालाई संसदीय निर्वाचनमा उम्मेदवार हुन भने छुट छ । अरु मुस्लिम देशको तुलनामा इरानमा महिलालाई स्वतन्त्रता दिइए पनि राष्ट्रपति बन्ने ढोका भने संविधानले बन्द गरेको छ । संविधानले राष्ट्रपति एउटा धार्मिक र राजनीतिक पुरुष हुने भन्ने उल्लेख गरेकाले महिलाले देशको सर्वोच्च स्थान पाउनु असम्भव जस्तै देखिएको अन्तर्रर्ााट्रय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।