भिख माग्नकै लागि दुबई !

२०७३ बैशाख ३ गते, शुक्रबार

काठमाडौं, ३ बैशाख । दुबईमा भिखारीमाथि स्थानीय प्रशासनले कडाइ गर्न थालेको छ । सहरलाई भिखारीमुक्त बनाउने उद्देश्यले नगरपालिका स्तरमा निरीक्षकहरु परिचालन गरी भिखारीलाई गिरफ्तार गर्न थालिएको छ । समाचार एजेन्सीहरुका अनुसार सन् २०१६ को पहिलो त्रैमासिक अवधिमा ५९ भिखारीलाई गिरफ्तार गरिसकेको अधिकारीहरुले जनाएका छन् । गिरफ्तार गरिएका भिखारीमाथि अनुसन्धानका क्रममा उनीहरु निकै धनाढ्य पाइएको पनि बताइएको छ । एउटा भिखारीले महिनामा ७३ हजार ५०० डलरसम्म कमाइ गरेको रहस्य पनि अनुसन्धानका क्रममा खुलेको छ ।
दुबई नगरपालिकाका मार्केट विभागका प्रमुख फैजल अल बदियावीका अनुसार केही भिखारीसँग राहदानीका अतिरिक्त व्यावसाय एवं पर्यटकको भिसासमेत फेला परेको छ । उनका अनुसार विदेशबाट तीन महिनाको प्रवेशाज्ञा लिएर दुबई आउने र भीख मागेर लखपति भई फर्किने गरेको पनि पाइएको छ । -एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]