श्रीमान श्रीमतीको झगडा मृत्युलाई निम्ता

२०७३ बैशाख ६ गते, सोमबार

काठमाडौं । मानिसलाई सबैभन्दा बढी मृत्युदेखि डर लाग्छ । मानिसको मृत्यु विभिन्न कारणले हुन्छ । एक अध्ययनका अनुसार श्रीमान श्रीमतीको मृत्यु चाडै हुने विभिन्न कारण मध्ये झगडा पनि एक हो । डेनमार्कका शोधकर्ताका अनुसार जीवनसाथी, साथी तथा नातेदारका साथ प्रायजसो बहस गर्नाले पच्चीसभन्दा बढी उमेरका मानिसहरुलाई मृत्युको अधिक खतरा हुन्छ । अनुसन्धानका अनुसार नजिकका मानिसबीच तनाव बढ्योभने मृत्युको सम्भावना पनि बढ्छ । हरेक मानिसमा दवाव सहनका लागि फरक फरक क्षमता हुन्छ । कोपेनहेगन विश्वविद्यालयको शोध टीमको आँकलन अनुसार लगातार बहस तथा झगडाबाट मृत्युदरमा दुई तथा तीन गुना बढ्ने छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]