गोजीभरि पैसा भएपछि….

काठमाडौं, १४ बैशाख । जर्मनी निवासी बास्तियन र मारिया योट्टा आफ्नो लग्जरियस लाइफका कारण इन्स्टाग्राममा निकै लोकप्रिय छन् । बास्तियनलाई अरबपति प्लेब्वायको नामले पनि चिन्ने गरिन्छ ।
उनी दिनहुँ फूल पार्टी गर्दथे, जुन उनका छिमेकीहरुलाई मन पर्दैन थियो । यही कारण उनी लस एन्जल्स शिफ्ट हुन बाध्य भए । एक महिनामा आफूमाथि ६७ लाख रुपैयाँ खर्च गर्ने बास्तियन भन्छन्–मेरो जीवनशैलीबाट छिमेकीलाई जलन हुन्थ्यो । जसका कारण मैले जर्मनी छोडिदिएँ र लस एन्जल्सको बाभर्ली हिल्समा बस्न थालेँ । त्यसो त म बाल्यकालमा ‘बे वाच’ हेर्ने गर्दथेँ, त्यतिबेलाबाटै मलाई लस एन्जल्स साह्रै मन पर्दथ्यो । यहाँको बिच र सुन्दर युवती मलाई खुब मनपर्छ । अब म आफूलाई बे वाच बनाउँछु । यसका लागि मसँग युवती पनि छिन् । जुन पामेला एन्डरसनभन्दा पनि हट छिन् ।
स्मरणरहोस् बास्तियन र मारियाको भेट ३ वर्षअघि म्युनिखको एउटा रेष्टुरेन्टमा भएको थियो । त्यतिबेला मारिया २७ र बास्तियन ३५ वर्षका थिए । भेट भएको ६ महिनापछि मारियाले पढाई छाडिन् र बास्तियनका साथ बस्न थालिन् । यसका लागि बास्तियनले पैसा तिर्ने गर्दथे । मारिया भन्छिन्–बास्तियनको शरीर र उनको मुस्कान मलाई साह्रै मनपर्छ । उनी साह्रै इमान्दार र मिजासिला छन् । उनले ममाथि धेरै पैसा खर्च गरेका छन्, जसबाट म फिट देखिन सकुँ ।
बास्तियन भन्छन्–म दिनहुँ साँझ ६ देखि १२ लाख खर्च गर्छु । मलाई त्यसको कुनै परवाह छैन । म कारका विषयमा पनि बढी नै पैशनेट छु । मसँग २ करोड ६६ लाख रुपैयाँको लैंबोरगिनी अभेन्टेडर छ, त्यसका साथै बेंटले बान्टिनेन्टल स्पोर्ट कारसहित अन्य कयौ कार पनि छ।
लस एन्जल्सको जुन घरमा बास्तियन शिफ्ट भए, त्यसको भाडा मात्र महिनाको करिब ७ लाख छ । बास्तियन भन्छन्–कयौ मानिस मेरो जीवनशैली देखेर होलिडेमा जान सल्लाह दिन्छन्, तर म उनीहरुलाई भन्न चाहन्छु, मेरा लागि दिनहुँ होलिडे छ ।
बास्यिन भन्छन्–म भलै लस एन्जल्समा बस्न थालेको छु, तैपनि जर्मनी छोड्नु परेकोमा दुःख लागेको छ। विवाहका विषयमा उनले भने–अझै दुई वर्षसम्म म यो विषयमा केही सोच्दिनँ । म अरु पैसा कमाउन चाहन्छु । त्यसपछि मात्र विवाहको विषयमा सोच्नेछु । – एजेन्सी