ऋण तिर्न नसकेपछि …

२०७३ जेष्ठ २ गते, आईतवार

काठमाडौ, २ जेठ । भारतको बिहारमा अनौठो तथा भयानक घटना भएको छ । यो दुनियाँमा यस्ता मानिस पनि हुँदा रहेछन् जसले साहुसँगबाट लिएको ऋणको बदला साहुलाई नै आफ्नी श्रीमती तथा बच्चाबच्ची सुम्पिँदा रहेछन् । बिहारको नालन्दा जिल्लाको नारजपुर गाउँका एक युवकले गाउँकै एक साहुसँग लिएको ऋण तिर्न नसकेपछि आफ्नी श्रीमती नै साहुसँग अन्माइदिएका छन् । श्रीमतीसँगै बच्चा पनि साहुलाई उपहार दिएका छन् उनले । समाचार अनुसार हिमांसुप्रसाद सुमन नामका ती युवकले फोटो स्टुडियो खोल्नका लागि गाउँकै साहु सावन कुमारसँग चार लाख भा.रु. ऋण लिएका रहेछन् ।
ऋण लिएपछि सुमनले एकजना केटीसँग प्रेम गरे र पछि बिहे पनि गरे । लभको चक्कर तथा बिहेपछि उनले जुन कामका लागि ऋण लिएको हो त्यो काम गर्नुभन्दा ऐश आराममा पैसा उडाए । जसका कारण उनले ऋणको ब्याज पनि तिर्न सकेनन् र ऋण बढ्दै गयो । जब साहु सावनकुमारले आफ्नो पैसा तिर्नका लागि हिमांसुलाई आग्रह गरे तब उनले अनौठो प्रस्ताव राखे । हिमांसुले आफूले पैसा तिर्न नसक्ने बरु पैसाको बदलामा श्रीमती र बच्चा दिने प्रस्ताव राखे । अनौठो त के भयो भने सावनकुमारले पनि ऋणीकी श्रीमती र बच्चा बेहोर्न मन्जुरी जनाए ।
दुबैको सहमतिमै हिमांसुले आफ्नी श्रीमतीको बिहे साहु सावनकुमारसँग गराइदिए र श्रीमतीसँगै बच्चालाई पनि विदा गरे । यो घटनाले गाउँमा सनसनी मच्चाएको छ । यसरी सम्बन्ध विच्छेद नगरिकनै आफ्नी श्रीमती अर्कैलाई सुम्पिने हिमांसु कानूनको फन्दामा पर्नसक्ने बताइएको छ तर यो बारेमा गाउँका कोही पनि मानिस बोल्न नचाहने हुनाले पुलिसले पनि केही गर्न सकेको छैन ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु