पहिलो रातमै सम्बन्ध विच्छेद !

२०७३ जेष्ठ ९ गते, आईतवार

काठमाडौँ, ९ जेठ ।साउदी अरेवियामा विवाहको केही घण्टामै सम्बन्ध विच्छेद भएको एउटा विचित्रको घटना सार्वजनिक भएको छ। एक व्यक्तिले आफ्नी श्रीमतीलाई विवाहको पहिलो रात साथीहरुलाई म्यासेज पठाउन व्यस्त रहेको आरोपमा सम्बन्ध विच्छेद गरेका हुन् । बेहुला निकटका स्रोतका अनुसार विवाहपछि श्रीमान–श्रीमतीका लागि होटल रुम बुक गर्न गएका थिए । रुममा पुग्ने बित्तिकै बेहुली मोबाइलमा बधाई सन्देशको उत्तर दिन व्यस्त भइन् । बेहुली रोमान्स गर्न चाहन्थे तर बेहुलीले उनीतिर ध्यानै दिएकी थिइनन् । श्रीमानले रोमान्सका बारेमा श्रीमतीसँग सोध्दा श्रीमतीले आफू व्यस्त रहेको बताइन् । उनले श्रीमतीलाई मोबाइल पछि प्रयोग गर्न भने तर नवविवाहित श्रीमतीले अस्वीकार गरेपछि उनी आक्रोशित भए ।
आक्रोशमा आएर उनले तिम्रो लागि म बढी जरुरी छु कि साथी ? भन्ने प्रश्न गरे । यो प्रश्नमा नवविवाहित श्रीमतीले आफ्ना लागि साथीहरु बढी आवश्यक रहेको उत्तर दिइन् । बहस बढ्दै गएपछि उनी नवविवाहित श्रीमतीलाई होटलमै छोडेर बाहिर निस्किए । उनले विवाह भएकै भोलिपल्ट सम्बन्ध विच्छेदको मुद्दा हाले । अदालतले रिकान्सिलेशन कमिटिसामु मुद्दा रिफर गरिदियो । तर श्रीमानले आफ्नी श्रीमतीलाई माफी दिन अस्वीकार गर्दै सम्बन्ध विच्छेदको माग गरे।
– एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कोपेनहेगन विश्वकै उत्कृष्ट शहर !

२०८२ श्रावण ५ गते, आईतवार

रोबोट्याक्सी सार्वजनिक

२०८२ असार ९ गते, सोमबार

२५ करोड मौरी भागेपछि . . .

२०८२ जेष्ठ १९ गते, आईतवार