रसियामा शक्तिशाली भूकम्प

२०७० जेष्ठ १० गते, शुक्रबार

मस्को, १० जेठ – रसियामा शुक्रबार शक्तिशाली भूकम्प गएको समाचार छ । सो भूकम्प ८.२ रेक्टर स्केल मापन गरिएको पनि समाचारमा जनाइएको छ ।

रसियाको सुदुर पूर्वमा समुद्रमा केन्द्रबिन्दु रहेको सो भूकम्पको क्षतिको बारेमा भने केही विवरण आइसकेको छैन ।

यसको क्षतिको विवरण सङ्कलन सुरु भएको बताइएको छ । समुद्रमा केद्रबिन्दु रहेकोले यसको वरिपरिका क्षेत्रमा व्यापक क्षति भएको हुनसक्ने अनुमान गरिएको पनि समाचारमा जनाइएको छ ।

उता सो भूकम्पपछि आएको सुनामीको धक्काले गर्दा नागरिकमा भागाभाग भएको बताइएको छ । साथै सो भूकम्पपछि शक्तिशाली सुनामीको चेतावानी दिइएको बताइएको छ ।

सो चेतावानीका कारण रसियाको सुदुरपूर्वी क्षेत्रका नागरिकमा त्रास फैलिएको । उनीहरुलाई प्रभावित क्षेत्र छोडेर सुरक्षितस्थलतर्फ लाग्न सूचना जारी गरिएको छ ।

रसियाको आपतकालीन मन्त्रालयले सो सूचना जारी गरेको छ । उसले सो समुन्द्रको वरिपरिका क्षेत्रका नागरिकलाई अग्लो तथा सुरक्षित स्थानतर्फ लाग्न भनिरहेको छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]