पाँच वर्षको उमेरमा आमा !

काठमाडौं, २३ जेठ । २७ डिसेम्बर १९३३ मा जन्मिएकी लीना मेदिनाको नाम विश्वकै कम उमेरकी आमाको रुपमा परिचित छ । जब लीना पाँच वर्षकी भइन उनको पेट विस्तारै बढ्न थाल्यो । यो कुराले उनका अभिभावक चकित परे। छोरीको पेट बढेपछि आमा बुबाले अस्पतालमा लगेर डाक्टरलाई देखाए । डाक्टरले उनको पेटमा ट्युमर भएको सम्झिएका थिए । तर, डाक्टरले उपचार सुरु गरेलगत्तै आश्चर्य लाग्दो रिपोर्ट देखाए । त्यत्तिबेला लीना सात महिनाकी गर्भवती थिइन् । अस्पतालको एक महिनाको प्रयासपछि लीनाले छोरालाई जन्म दिइन् । त्यत्तिबेला लीनाको शरीर कमजोर भएकाले अस्पतालले अप्रेशन गरेर बालकलाई जन्म दिएको थियो ।
त्यत्तिबेला प्रहरीले लीनाका पितालाई प्रकाउ गरेको थियो । तर, त्यस्तो केही प्रमाण नभेटिएपछि पछि प्रहरीले उनका पितालाई छोडिदियो । लीनाको उमेरमा गर्भवती भएको रेकर्ड डाक्टरसँग अर्को कुनै छैन । कसरी लीना गर्भवती भइन भन्ने प्रश्नको जवाफ कसैले सार्वजनिक गरेनन् । लीना कम उमेरकी संसारकै एक मात्र आमा हुन् । – एजेन्सी