विश्व बडी पेन्टिङ फेस्टिबल सम्पन्न

२०७३ असार २१ गते, मंगलवार

काठमाडौं, २१ असार । अस्ट्रियाको पोर्टसचैचमा विश्व बडी पेन्टिङ फेस्टिबलमा मोडलहरुले आफ्नो शरीरलाई रंगाउनका लागि अल्ट्राभाइलेट लाइट पेन्ट प्रयोग गरे । विश्व बडी पेन्टिङ फेस्टिबल अस्ट्रियाको पोर्टसचैचमा हरेक वर्ष आयोजना गर्ने गरिन्छ । यो फेस्टिबलमा विश्वका ४५ देशका कलाकारले भाग लिएका छन् । यो फेस्टिबल जुन वा जुलाईमा आयोजना गर्ने गरिन्छ ।
यो फेस्टिबलको सुरुवात सन् १९९८ बाट सुरु भएको हो । यो फेस्टिबल तीन दिनसम्म चल्ने गर्दछ ।
यो फेस्टिबलमा सहभागी कलाकारले आफ्नो अनुहारमा मात्र होइन, सिंगै शरीरमा विभिन्न खाले पेन्ट लगाउने गर्दछन् ।
यस अवसरमा कयौ प्रतियोगिता पनि आयोजना गर्ने गरिन्छ । जस्तो कि प्रदर्शनी, इन्स्टालेसन आर्ट, नुक्कड नाटक, स्टेज अभिनय आदि । यो वर्ष यो फेस्टिबल १ जुलाईदेखि ३ जुलाईसम्म चलेको थियो । फेस्टिबलमा ३०० बढी कलाकार सहभागी भएका थिए ।- एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]