सिरियालाई एन्टी एअर क्राफ्ट मिसाइल प्रदान

२०७० जेष्ठ १६ गते, बिहीबार

रुसले सिरियालाई अत्याधुनिक वायु रक्षा प्रणाली अन्तर्गत एन्टी एअर क्राफ्ट मिसाइल उपलब्ध गराएको छ ।
युरोपेली युनियन इयुले सिरियाका विपक्षीमाथि हतियारको प्रतिबन्ध हटाएलगतै रुसले हतियार दिएको हो ।
रुसले प्रतिबन्ध हटेपछि पहिलो पटक ‘एन्टी एअर क्रयाफ्ट एस थ्री हन्ड्रेड’ रकेट उपलब्ध गराएको राष्ट्रपति बसर अल असदले लेबनानी टेलिभिजनलाई दिएको अन्तर्वार्तालाई आधार मानेर बीबीसीले समाचार लेखेको छ । बाँकी हतियार भने छिट्टै आयात गरिने जनाइएको छ ।
एस थ्री हन्ड्रेड जमिनबाट आकाशमा मार हन्न सक्ने उच्च क्षमताको मिसाइल प्रणाली हो, जसमा ब्यालेस्टिक मिसाइल समावेश गर्न सक्ने क्षमता पनि छ । हतियार आयात भएसँगै सिरिया र इजरायलबीच तनाव बढ्न सक्ने अनुमान गरिएको छ ।
सिरियाले आफ्नो क्षेत्रमा इजरायलले आक्रमण गरे त्यसको प्रतिकारमा उत्रने चेतावनी दिइसकेको छ ।
सिरियामा द्वन्द्वको खेल परिवर्तनका लागि यी मिसाइलको प्रयोग हुन सक्ने साथै अर्को महिना जेनेभामा हुने अन्तर्राष्ट्रिय शान्ति सम्मेलनका लागि गरिएको पहललाई समेत खतरामा पर्न सक्ने भन्दै विश्लेषकहरुले चिन्ता व्यक्त गरेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]