सन्तान दिने मन्दिर !

२०७३ श्रावण ७ गते, शुक्रबार

काठमाडौं, ७ साउन । भारतको हिमाचल प्रदेशको सिमस गाउँमा एउटा यस्तो मन्दिर छ जसको बरन्डामा सुत्दा महिलाहरु गर्भवती हुन्छन् भन्ने विश्वास गरिन्छ । स्थानीयहरु स्वयम देवीले सपनामा आएर सन्तान प्राप्तिको आशिर्वाद दिने र महिलाहरुले सन्तान सुख प्राप्त गर्ने जनविश्वास छ । त्यसैले यो मन्दिरमा टाढाटाढादेखि महिलाहरु यहाँ आएर सुत्ने गर्दछन् । यो मन्दिरबाहिर महिलाहरु रातदिन सुत्ने गर्दछन् । यसो गर्दा चाँडै गर्भवती हुने उनीहरुको विश्वास छ ।
यहाँ सुतेपछि देवीले सपनामा महिलाहरुलाई फल दिने विश्वास गरिन्छ । देवीको वरदानबाट सन्तान प्राप्त हुने जनविश्वासका कारण महिलाहरु यहाँ सुत्ने गरेका हुन् । त्यति मात्र होइन, फल हेरेर छोरा वा छोरी हुने पनि थाहा पाइने विश्वास गरिन्छ । यदि कुनै महिलालाई देवीबाट अमरुद पाए उनीहरुले छोरा जन्माउने र कुनै महिलाले भिन्डी पाए छोरी जन्मने विश्वास गरिन्छ ।
यो मन्दिरमा सुतेका बेला कुनै महिलाले निःसन्तान बनिरहने सपना देखेका खण्डमा उनीहरु मन्दिरबाट जाँदैनन् । तब त्यस्ता महिलाको शरीरमा चिलाउने रातो रातो दाग देखिन थाल्छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]