चिनियाँ राष्ट्रपतिको क्यारेबियाली मुलुक भ्रमण

२०७० जेष्ठ १७ गते, शुक्रबार

१७ जेठ । चिनियाँ राष्ट्रपति सि जिनापिङ्ग क्यारेबियाली राष्ट्रहरू ट्रिनिडाड र टोबागोको तीन दिने औपचारिक भ्रमणका क्रममा आज त्यहाँ पुग्दै हुनुहुन्छ । राष्ट्रपति सिको उक्त मुलुक भ्रमणले विशेष महत्व राख्ने बताइएको छ ।ट्रिनिडाड टोबागोलगायत अन्य क्यारेबियाली मुलुकसँग सम्बन्ध विकासका लागि चीन प्रतिवद्ध रहेको कुरा यस भ्रमणले प्रमाणित गर्ने भनि त्यहाँस्थित चिनियाँ राजदूत हुआङगा सिङ्गयुआनले बताएका छन ।
भ्रमणका क्रममा राष्ट्रपति सीले समकक्षी राष्ट्रपति आम्थोनी थोम्स अक्विनास क्यामाना, संसद प्रमुख टिमाथी हामेल स्मिथ र संसदका सभामुख वेड मार्कसँग भेटवार्ता गर्ने चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।
यसैबीच चिनियाँ सहयोगमा निर्माणाधिन बाल अस्पतालको शिल्यान्यास त्यहाँका प्रधानमन्त्री कमलप्रसाद बिशेश्वर र अन्य दुई प्रमुख नेताको सहभागितामा चिनियाँ प्रधानमन्त्री सीले गर्ने जनाइएको छ । साथै चीनले यस मुलुकको अर्थतन्त्र वाणिज्य र शिक्षाक्षेत्रमा सहयोग गर्ने सम्बन्धमा दुई मुलुकबीच हस्ताक्षर गर्र्नुहुने बताइएको छ ।यसका अतिरिक्त राष्ट्रपति सीले त्यहाँ आन्टिगुआ, बार्बडा बार्बाडोस, द बाहामाज, डोमिनिका, ग्रेनाडा, गुयाना सुरिनाम र जमाइकाका प्रतिनिधि नेताहरूसँग द्वीपक्षीय वार्ता गर्नेछन ।
यि सवै क्यारेबियाली मुलुकसँग चीनको दौत्य सम्बन्ध रहिआएको छ । यसैगरी ट्रिनिडाड टोबागोसँग चीनको ३९ वर्ष लामो कुटनीतिक सम्बन्ध रहिआएको छ । रासस/सिन्ह्वा

प्रतिक्रियाहरु

[anycomment]