यी हुन् २७ श्रीमतीका पोई, १४५ सन्तानका पिता

काठमाडौं, १९ साउन । क्यानडाका एक जना व्यक्ति २७ जना श्रीमतीसँग बस्छन् । यद्यपि क्यानडामा एकभन्दा बढी श्रीमती राख्नु गैरकानुनी हो । त्यसैले उनी वैधानिक रुपमा श्रीमतीलाई साथी बताउने गर्दछन् । उनीमाथि आरोप पनि लगाइएको थियो । तर पछि उनले सफाई पाए । अहिले पनि उनीमाथि धेरै श्रीमती राखेको आरोप लाग्गेको छ ।
भिन्सटन ब्लैकमोरका १४५ सन्तान छन् । उनलाई क्यानडामा सबैभन्दा बढी श्रीमती राख्ने पुरुषका रुपमा पनि लिने गरिएको छ। यद्यपि २७ जना श्रीमती राखे पनि उनी बहुविवाहको समर्थन भने गर्दैनन् ।
उनका अनुसार यसबाट महिलाको शोषण बढ्नेछ । सन् २००७ मा उनीमाथि पहिलोपटक आरोप लागेको थियो । उनी पक्राउ पनि परेका थिए । तर पछि उनीमाथिको आरोप खारेज गरियो । ब्लैकमोर बहुविवाहका विषयमा एउटा समूह पनि संचालन गर्दछन् । स्मरणरहोस् अमेरिकाको उटाहमा बहुविवाहको विषयमा सरकार पछि हट्न बाध्य भएको थियो । त्यहाँ बहुविवाहलाई क्रिमनिलिटीको दायराबाट बाहिर गरिएको थियो । – एजेन्सी