राष्ट्रपति चढेको हेलिकोप्टर दुर्घटनामा
इरान, १९ जेठ–उत्तर–पूर्वी इरानमा इरानी राष्ट्रपतिले यात्रा गरिरहेको एक हेलिकोप्टरलाई संकटकालीन अवतरण गर्नुपरेको छ । इरानी राष्ट्रपति मोहमोउद अहमदिनेजाद र सरकारी अधिकारीहरू चढेका हेलिकोप्टर दुर्घटनाग्रस्त भएको हो । सो दुर्घटनाग्रस्त हेलिकोप्टरलाई विमान चालकले संकटकालीन अवतरण गरेपछि राष्ट्रपतिलगायत सबै सकुशल रहेका जनाएको छ । उत्तर–पूर्वी इरानको एक पहाडी क्षेत्रमा एक स्थानीय परियोजनाको उद्घाटनका लागि राष्ट्रपति र सरकारी अधिकारीहरू लिएर उडेको सो हेलिकोप्टर दुर्घटनाग्रस्त भएको बताइएको छ । यस दुर्घटनाबाट राष्ट्रपति, अन्य सरकारी अधिकारी र चालकदलका सदस्यसमेत सकुशल रहेका एक वेवसाइटले जनाएको छ । राष्ट्रपति अहमदिनेजाद सो परियोजना उद्घाटन समारोहपछि गाडीमा तेहरान फर्किएको समाचारमा उल्लेख छ । यस घटनाको विस्तृत विवरण भने दिइएको छैन । इस्लामिस्ट गणतन्त्र यस राज्यमा राष्ट्रपति अहमदिनेजादको दोस्रो पटकको कार्यकाल समाप्त हुनलागेको छ । अगामी जुन १४ को दिनमा इरानमा हुन गइरहेको राष्ट्रपतीय निर्वाचनमा आठ जनाले उमेदवारी दिएको बताइएको छ । राष्ट्रपति अहमदिनेजादको आगामी अगस्त ३ तारिखका दिन राष्ट्रपतिको कार्यकाल समाप्त हुँदैछ । – एएफपी