मृतकहरुको बस्ती !

काठमाडौँ । तस्वीरमा देखिएको कंक्रिटको यो सहर मृतकहरुको बस्ती हो । इराकको नजाफमा रहेको यो चिहानलार्ई विश्वकै सबैभन्दा ठूलो चिहान मानिन्छ । ‘वादी अल सलाम’ नामको यो चिहानमा आफ्नो अन्त्येष्टि होस् भनेर कयौं इराकीले आफ्नो जीवनमा दान–धर्मका साथसाथ कामनासमेत गर्दछन् । यहाँ दैनिक दुई सयभन्दा बढी शव अन्त्येष्टि गरिन्छ । मुस्लिम धर्म परम्पराअनुसार शवलार्ई खाडलमा गाडेर अन्त्येष्टि गरिन्छ । शव गाडिएको स्थानमा कंक्रिटको ढलान तथा सानो घर नै बनाइन्छ । यो चिहानमा ५० लाखभन्दा बढी नागरिकको अन्त्येष्टि भइसकेको इराकी अधिकारीहरुको भनाइ छ । पछिल्लो समय मुलुकमा बढ्दो हिंसात्मक घटनाका कारण प्रत्येक वर्ष यो चिहानमा सरदर ५ लाख शव अन्त्येष्टि हुँदै आएको छ ।