नेल्सन मण्डेला अस्वस्थ

२०७० जेष्ठ २५ गते, शनिबार

प्रिटोरिया ,२५ जेष्ठ – अफ्रिकी पूर्व राष्ट्रपति नेल्सन मण्डेला पुनः अस्पताल भर्ना भएका छन् । फोक्सोमा संक्रमण भएपछि उनी पछिल्ला केही महिना अस्वस्थ भएर पटक पटक अस्पताल भर्ना भएको कान्तिपुरले जनाएको छ ।उनी अहिले प्रिटोरियाको अस्पतालमा उपचाररत छन् । अश्वेत स्वतन्त्रता आन्दोलनका नेता ९४ बर्षीय मण्डेलाको स्वास्थ्य अहिले अस्थितर रहेको वर्तमान राष्ट्रपति जाकोब जुमाका प्रवक्ताले जानकारी दिएका छन् ।अफ्रिकाका राष्ट्रपिताको रुपमा कहलिएका मण्डेला त्यहाँका प्रथम अश्वेत राष्ट्रपति हुन् ।उनी पछिल्लो २ बर्षमा १५ पटक अस्पताल भर्ना भएका छन् । बेलायती शासन रहेको अफ्रिकाउनकै नेतृत्वमा स्वतन्त्र भएको थियो । पछिल्लो समय उनको स्वास्थ्य स्थिति बिग्रदै गएको छ ।-एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]