आडवाणीले पार्टी छोडे

२०७० जेष्ठ २७ गते, सोमबार

नयाँ दिल्ली, जेष्ठ २७ – भारतीय जनता पार्टीका वरिष्ठ नेता लालकृष्ण आडवाणीले पार्टीको महत्वपूर्ण पदहरुबाट राजीनामा दिएका छन् । उनले राष्ट्रिय कार्यकारिणी, संसदीय बोर्ड र निर्वाचन समितिबाट राजनीनामा दिएका हुन् । ८५ वर्षीय आडवाणीको राजीनामाले पार्टी भित्र ठूलो हलचल ल्याएको छ । पार्टीको अध्यक्ष जो भएपनि उनी सबैभन्दा ठूला नेताको रुपमा मानिदैं आएका छन् ।पार्टीले गुजरातका मुख्यमन्त्री नरेन्द्र मोदीलाई निर्वाचन समितिको प्रमुख बनाएपछि उनी असन्तुष्ट बनेका हुन् । पार्टीबाट आगामी प्रधानमन्त्रीको रुपमा मोदीलाई अगाडि सार्ने तयारीको रुपमा त्यसलाई हेरिएको छ । आडवाणीले पार्टी अध्यक्ष राजनाथ सिंहलाई राजीनामा पाठाएका हुन् । पार्टीले राजीनामा फिर्ता लिन उनलाई आग्रह गरेको छ ।उनले राजीनामा पत्रमा भनेका छन् ‘केही समयदेखि पार्टीको कार्यशैलीसंग तालमेल मिलाउन किठनाई भएको मैले महसुस गरेको छु ।’ उनले विगतमा नेताहरुले आदर्शवादी पार्टीका रुपमा स्थापित गरेको बिजेपी अहिले जनताको भन्दा पनि नेताहरुको निजी एजेंडालाई महत्व दिन थालेको आरोप लगाएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]