मोडलको स्तनमा डस्ने सर्पको मृत्यु !

काठमाडौँ, १९ असोज । इजरायलमा एक मोडललाई डसेपछि सर्पको मृत्यु भएको छ। सर्पको मृत्यु एउटा विशेष प्रकारको कस्मेटिक उत्पादनका कारण भएको बताइएको छ। जुन उत्पादन प्रयोग गर्न चिकित्सकहरुले समेत निषेध गर्ने गर्दछन् । यो विशेष कस्मेटिक उत्पादनको नाम सिलिकन भएको बताइएको छ।
घटना इजरायलको हो, जहाँ एक मोडललाई डस्ने सर्पकै मृत्यु भएको हो । सर्पको मृत्यु सिलिकन इम्प्लान्ट खराएकी मोडललाई डस्दा भएको हो । ओरिट फक्स नामकी सुपरको केही वर्ष पूरानो भिडियो पुनः भाइरल भएको छ। जसमा उनी सर्पका साथ सुटिङ गर्दै देखिएकी छन् ।
ओरिट फक्सले आफ्नो सुन्दरता बढाउनका लागि आफ्नो ब्रेस्टमा सिलिकन इम्प्लान्ट गराएकी थिइन् । यसक्रममा उनी सर्पसँग खेलिरहेकी थिइन् । तर, सर्पले अचानक डस्यो । सुटका क्रममा सर्पले अचानक मोडलको स्तनमा डसेको थियो । यो देखेर मोडल चिच्याउन लागिन् । नजिकै रहेकाहरु पनि सहयोगका लागि आए । तर, सर्पको डसाईबाट मोडललाई त केही भएन बरु केही समयमै सर्पको मृत्यु भयो । चिकित्सकहरुले सिलिकनका कारण सर्पको मृत्यु भएको बताएका छन् । – एजेन्सी