इरानको राष्ट्रपतिमा हसन रोहानी

२०७० असार २ गते, आईतवार

काठमाडौ, २ असार । इरानमा भएको राष्ट्रपतिय निर्वाचनमा सुधारवादी पक्षका उम्मेद्वार हसन रोहानी विजयी भएका छन् ।उनले ५० प्रतिशत मत ल्याएर विजयी भएको त्यहाँको सरकारले जनाएको छ ।
३ करोड ६७ लाख ४ हजार १ सय ५६ गणना भएको मतमा उनले १ करोड ८६ लाख १३ हजार ३ सय २९ मत प्राप्त गरेका थिए ।पहिलो चरणमानै उनले ५० प्रतिशत हाँसिल गरेकाले त्यहाँँको संविधानअनुरुप उनलाई विजयी घोषणा गरिएको हो । अन्य ६ जना उम्म्मेद्वारलाई भने विश्लेषकहरुका अनुसार रुढीवादी मानिन्छन् ।
तर संसदमा धेरै पटक विभिन्न पद सम्हाली सकेका रोहानी उदार रहेको विश्लेषकहरु बताउँछन् । ६४ वर्षीय रोहानीले परमाणु वार्ताकारका रुपमा काम गरिसकेका छन् ।
त्यहाँ शुक्रबार निर्वाचन सम्पन्न भएको थियो । इरानका सर्वाेच्च नेता आयोतुल्लाह अली खामेनीले ३ अगस्तमा यो परिणामलाई सदर गरेपछि नयाँ राष्ट्रपतिको रुपमा रोहानीले सपथ ग्रहण गर्नेछन् ।

प्रतिक्रियाहरु

[anycomment]