अफ्गान राष्ट्रपति निवासमा आक्रमण
असार ११ – अफ्गानिस्तानको काबुलमा रहेको राष्ट्रपति निवासको पूर्वि ढोकामा आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । राष्ट्रपति हमिद कार्जायीका सुरक्षा गार्ड र रक्षा मन्त्रालय तथा अफ्गान गुप्तचर निकायप्रति लक्षित गरि आक्रमण गरेको जनाइएको छ ।आक्रमणको तालिबानले जिम्मा लिएको छ । राष्ट्रपति कार्जायीले पत्रकार सम्मेलनको तयारी गरिरहँदा आक्रमण भएको थियो ।
राष्ट्रपति कार्याजीले अमेरिकाले तालिबानसँग वार्ता गर्नेबारे टिप्पणी गरेको एकदिनपछि आक्रमण भएको हो । कार्जायीले तालिबानसँग अमेरिकाले सिधै वार्ता गर्ने विषयको विरोध गरेका थिए । आक्रमणबाट भएको क्षतिको विवरण अझै आइसकेको छैन ।- एजेन्सी